कोलोराडोमा साँस्कृतिक कार्यक्रम तथा शुभकामना महोत्सव सम्पन्न

११ बैशाख २०६९, सोमबार १८:२४ मा प्रकाशित

कोलोराडो । नयाँ वर्ष २०६९ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले वृक्षरोपण, “नेपाल डे परेड” तथा विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरी दुई दिने शुभकामना महोत्सव हर्सोउल्लासका साथ सम्पन्न गरेका छन् । “जनजाति तथा संस्कृतिको सुमधुर सम्बन्ध” भन्ने मुलनाराका साथ नेपालीहरुको साझा संस्था रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा विशेष अतिथिको रुपमा अमेरिकी कंग्रेसका सांसद जरेड पोलीसको उपस्थिति रहेको थियो । कार्यक्रमका विशेष अतिथिलाई पञ्चकन्याले फुलमाला लगाई स्वागत गरेका थिए । भौगोलिक हिसावले नेपालसँग मिल्दोजुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी , नेवारी धिमेबाजाको तालमा नेपाली गीत गाउँदै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यु चोलो लगाएर आएका थिए भने, कोही आफ्नो जातीय भेषभूषा संस्कृति झल्कने पहिरहन लगाएर आएका थिए । अमेरिकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउँदै हिड्दा गौरवले छाती फुलेको महशुस हुन्थ्यो । झण्डै ४ सय नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति माया र सद्भाव राख्ने अमेरिकी नागरीकहरुको पनि सहभागिता रहेको थियो । बाटाका छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्नो दौतरीसँग आफ्नो रिती र परम्पराअनुसार शुभकामना साटासाट गरिरहेका थिए ।

कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्ट्रीको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपालीहरुको नयाँ बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयाजना गर्न थालिएको हो । अमरिकामा रहेका पचास स्टेट मध्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रकम गर्ने गरिएको छ । नेपालीहरुका दिवस भनेर अमरिकी सरकारबाट स्विकृत भएको यो पहिलो र एक मात्र सुचीकृत कार्यक्रम हो । बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचान गराउने उद्देश्य लिई हेल्पीङ ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको हो ।

विशेष अतिथिको रुपमा बोल्दै संसद जरेड पोलीसले कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएकाले यस्ता किसीमका कार्यक्रमले दुई देशबीच संस्कृति आदान प्रदानमा महत्वपूर्ण टेवा पुग्ने बताए, जसका कारण अमेरिका र नेपालको सम्बन्ध सुमधुर तथा मजबुत हुँदै गई नेपालले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सक्ने उनले ठोकुवा गरे । त्यसैगरी रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै, बाध्यता र परिस्थितिले जन्मभूमिदेखि धेरै टाढा भएपनि आफ्नो देशप्रतिको माया, सद्भाव र कर्तब्य स्मरण गराउन तथा कर्म थलोमा मातृभूमिको पहिचान गराउन यस्तो कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा बोल्डर काउन्ट्रीका काउन्ट्री कमिस्नर देव ग्राडनर, डा. बिजयराज शर्मा लगायतका माहानुभावहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी नयाँ बर्षको उपलक्षमा आइतबार बिहान बोल्डरको हर्टिड स्क्ल्पचर गार्डेनमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको थियो । बृक्ष रोपण कार्यक्रममा आजसम्म कोलोराडामा नभएको ≈वाईट हिमालयन पाइन जातका विरुवाहरु रोपिएका थिए । सोही उपलक्ष्मा शनिबार साँझ एक साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । सँस्कृतिक कार्यक्रममा कलाकार भाईबहिनीहरुले नेपाली संस्कृति झल्कने खालका कला प्रस्तुत गरेका थिए ।
दुई दिने शुभकामना महोत्सव सफलताका साथ सम्पन्न गर्न ईन्जिनियर उईथ आउट बोडर यूएसए, बालग्रीन, मनराज, स्थानीय उद्योग ब्याबसायीहरुको उल्लेख्य सहयोग रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष