जन्मेकै दिन मर्छन् १० लाख शिशु

१४ फाल्गुन २०७०, बुधबार ०७:०० मा प्रकाशित

एजेन्सी

लन्डन, १४ फागुन । घरमा नयाँ सदस्यको आगमन सबैका लागि सुखद क्षण हुन्छ, तर अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेनको भर्खरै सार्वजनिक भएको प्रतिवेदनअनुसार संसारभर हरेक वर्ष १० लाखभन्दा बढी शिशुको जन्मेकै दिनमै मृत्यु हुने गरेको छ ।
मंगलबार जारी गरिएको प्रतिवेदनअनुसार यदि जन्मका समयमा प्रशिक्षित स्वास्थ्यकर्मीको उपस्थिति हुँदो हो त यीमध्ये आधा मृत्युलाई टाल्न सकिन्थ्यो । प्रतिवेदनमा समयअघिको जन्म र जन्मको समयमा हुने जटिलता शिशु मृत्युको प्रमुख कारण भएको पनि उल्लेख छ ।
‘इन्डिङ न्युबर्न डेथ्स’ नाम दिइएको यो प्रतिवेदनअनुसार सुडान लगायतका युद्धग्रस्त मुलुकको अवस्था झन् भयावह छ । करिब १ करोड जनसंख्याका लागि करिब ३ सयजना मात्र सुडेनी छन् ।
गर्भमा मृत्यु
सेभ द चिल्ड्रेनका अनुसार हरेक वर्ष ४ करोड महिलाले प्रशिक्षित स्वास्थ्यकर्मीको मद्दतविनै बच्चा जन्माउँछन् । संस्थाले संसारभरका सरकारहरूसँग यो स्थितिमा सुधार ल्याउन आग्रहसमेत गरेको छ । संस्थाका अनुसार जन्मको बेला हुने जटिल प्रक्रिया पनि यस्तो मृत्युको कारण हो ।
शोधमा करिब १२ लाख शिशु मर्नेबित्तिकै मृत्यु हुने गरेको पनि बताइएको छ । यस्तो मृत्यु संक्रमण र हाइपरटेन्सनका कारण हुने गर्छ ।
लाखौं नवजात शिशुको ज्यान बचाउन सेभ द चिल्ड्रेनले विश्वका मुख्य नेताहरूले ब्लुप्रिन्ट तयार गर्नुपर्ने पनि सुझाव दिएको छ । यसमा प्रशिक्षणमा ज्यादा ध्यान दिने र गर्भावस्था र जन्मसँग सम्बन्धित सबै सेवालाई निःशुल्क गर्ने कुरा पनि उल्लेख छ । ‘बाल मृत्युदरमा पछिल्लो एक दशकमा निकै सुधार भएका छन्, तर नवजात शिशुको मृत्यु रोक्न विनाढिलाइ कदम चालिनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।
जोखिम
प्रतिवेदनमा पाँच वर्षभन्दा कम उमेरमा मृत्यु हुनेमा करिब आधा नवजात शिशु हुने गरेको उल्लेख छ । ‘सबै बालबालिकाका लागि उसको पहिलो दिन सबैभन्दा जोखिमपूर्ण हुन्छ । धेरै आमा आफ्ना बच्चालाई घरमै जन्म दिन्छन्,’ सेभ चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकारी जस्टिन फोर्सिथले भने, ‘प्रशिक्षित सुडेनीको सहयोगमा बच्चा जन्माउन घन्टौं हिँड्नुपर्ने डरलाग्दा कथा हामी सुन्छौं र धेरै घटनामा यो यात्राको अन्त्य त्रासदीपूर्ण हुने गर्छ ।’
‘यो अपराध हो, किनभने यदि सुरक्षित जन्मको व्यवस्था गर्न सकिए यीमध्ये अधिकांश मृत्युलाई टाल्न सकिन्छ,’ उनले अगाडि थपे ।
हरेक वर्ष ४ करोड महिला प्रशिक्षित स्वास्थ्यकर्मीको सहयोगविना बच्चा जन्माउँछन् । प्रतिवेदनअनुसार इथियोपियामा कुल जन्मको १० प्रतिशत मात्र स्वास्थ्यकर्मीको सहयोगमा हुन्छ भने ग्रामीण अफगानिस्तानका केही भागमा हरेक १० हजार मानिसमा एकजना मात्र सुडेनी छन् ।
कंगो या सेन्ट्रल अफ्रिकन रिपब्लिकजस्ता मुलुुकमा आकस्मिक सेवा निकै महँगो छ । सेवा शुल्क तिर्न नसकेर धेरै आमा महिनौं जेलमा बस्न बाध्य हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार