जथाभावी खर्च नियन्त्रण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

१४ फाल्गुन २०७०, बुधबार ०६:५९ मा प्रकाशित

काठमाडौं, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा.रामशरण महतले सबै मन्त्रालयको सहयोगमा सरकारी खर्च र आम्दानीलाई पारदर्शी राख्ने बताएका छन् । मंगलबार साँझ पद बहाली गरेपछि अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।

पाँचौं पटक अर्थमन्त्री बनेका महतले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै सरकारको राजस्व चुहावट र खर्च व्यवस्थापनलाई कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उनले भने, ‘अर्थ मन्त्रालय सरकारी खर्च र राजस्व व्यवस्थापनमा बढी सतर्क र जिम्मेवार रहनुपर्छ ।

पछिल्लो समयमा सरकारको विकास खर्च निराशाजनक रहेको र आर्थिक परिसूचकहरू सन्तोषजनक नरहेको अवस्थामा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्री महतले सरकारी खर्च व्यवस्थापनलाई पारदर्शी राख्न अर्थ मन्त्रालय मातहतका सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

मन्त्री महतले भने, ‘खर्च व्यस्थापनमा सुधार आवश्यक छ । राज्यको ढुकुटीको खर्चलाई सही तरिकाबाट खर्च गर्नुपर्ने अवस्था छ ।’ उनले खर्च र आम्दानी दुवैको व्यवस्थापनमा कडाइ गर्ने पनि बताए । सरकारले गरेको लगानी र त्यसको प्रतिफल व्यवहारमा देखिनुपर्छ भन्दै मन्त्रालयका कर्मचारीहरूलाई जथाभावी गरिने खर्च नियन्त्रण हुनुपर्ने बताए ।

अर्थ मन्त्रालयले वैदेशिक ऋण र सहायता लिँदा बढी ध्यान दिनुपर्छ । जथाभावी तरिकारले सरकारले वैदेशिक ऋण लिन नहुने बताउँदै उनले मन्त्रालयका कर्मचारीहरूलाई वैदेशिक सहायता र त्यसको परिचालन सही ढंगबाट गर्न निर्देशन पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ