‘सम्पत्ति सर्वाजनिक गर्छौं’

१४ फाल्गुन २०७०, बुधबार ०६:४३ मा प्रकाशित

काठमाडौं, १४ फागुन । मन्त्रिपरिषद् बैठकले सबै सदस्यको सम्पत्ति सार्वजनिक गर्नुपर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्व सरकार बनेको दुई सातापछि विस्तारित मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले राजनीतिक नेतृत्वमा सरकार बनेकाले जनताप्रति उत्तरदायी बन्न पनि सबै मन्त्रीले सम्पत्ति सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो । यसअघि मन्त्रीले आफ्नो सम्पत्ति विवरण मन्त्रिपरिषद्समक्ष पेस गर्नुपर्ने प्रावधान थियो ।

कांग्रेस र एमालेबाट एक/एक उपप्रधानमन्त्री, १६ मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आगामी एक वर्षभित्रै निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

बैठकले आगामी ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न जनतासँग गरेको प्रतिबद्धतालाई कार्यान्वयनको तयारीका लागि निर्वाचन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नवनियुक्त सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले एक वर्षभित्रै संविधान निर्माणका लागि सबै दलसँग सहमति गर्ने, संविधानसभालाई संविधान निर्माणका लागि सघाउने, जनताको आर्थिक उन्नति र प्रगतिका लागि चिन्तित हुन मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताए ।

बैठकमा मन्त्रीहरूलाई अनुशासनमा बस्न, भ्रष्टाचारलाई कुनै हालतमा नसहन र सचिवालयमा अनावश्यक जनशक्ति नराख्न प्रधानमन्त्री कोइरालाले निर्देशन दिएका छन् । उनले मन्त्रीहरूलाई मितव्ययिता अपनाउन र कर्मचारीतन्त्रमा अनावश्यक हस्तक्षेप नगर्न भनेका छन् । कोइरालाले मितव्ययिता, आर्थिक अनुशासन र भ्रष्टाचाररहित प्रशासनका लागि प्रतिबद्ध हुन निर्देशन दिएको मन्त्री रिजालले बताए ।

प्रवक्तामा रिजाल

प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाललाई सरकारको प्रवक्ताको समेत जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले रिजाललाई प्रवक्ता तोकेको हो ।
सञ्चार मन्त्रालयको पदभार ग्रहणपछि मन्त्री रिजालले सरकार र मन्त्रीको सहयोगीका रूपमा कार्य गर्ने जोकोही कर्मचारी वर्तमान सरकारबाट डराउनुनपर्ने बताए ।
उनले वर्तमान चुनौतीपूर्ण अवस्थामा सरकारको प्रमुख लक्ष्यलाई पूरा गर्ने गरी क्रियाशील हुने जोकोहीलाई पनि सरकारको पूर्ण समर्थन र सहयोग रहने जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा