कथित डन मनाङगे पक्राउ

१४ फाल्गुन २०७०, बुधबार ०६:३९ मा प्रकाशित

काठमाडौं, १४ फागुन । दशरथ रंगशालामा मनाङमस्र्याङ्दी क्लबबीचको फुटबल हेर्दै गर्दा दीपक मनाङे पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । अहिले उनलाई हनुमानढोका प्रहरी परिसरमा राखिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेलले बताए । मनाङे मनाङमस्र्याङ्दी क्लबका समर्थक हुन् ।
मनाङमस्र्याङ्दीको खेल भएका बेला यसअघि पनि उनी पटक–पटक रंगशाला आउने गरेका थिए । मंगलबार उनी रंगशालाको भीआईपी प्याराफिटमा बसेर फुटबल हेर्दै थिए । मनाङेले ठमेललाई आधार बनाएर आपराधिक गतिविधि सञ्चालन गर्दै आइरहेको प्रहरी आरोप छ । उनी अवैध सम्पत्ति कमाएको अभियोगमा यसअघि २ करोड ९० लाख बुझाएर छुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार