न्यूयोर्कमा टिएसए को छैटौ अधिवेशन सम्पन्न, रुम्बाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको गठन

११ बैशाख २०६९, सोमबार १८:२२ मा प्रकाशित

न्यूयोर्क । सन् २००२ को मार्च महिनामा स्थापित तामांग सोसाइटी अफ अमेरिका (टिएसए) को छैटौ अधिवेशन आज न्यूयोर्कमा सम्पन्न भयो । अधिबेसनसंगै साङ्गे लामा ‘रुम्बा’ को अध्यक्षतामा आगामी दुइ बर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन भएको छ । नयाँ कार्यसमिति सर्बसम्मतीबाट गठन भएको हो । नवगठित कार्यसमितिले पदभारसंगै सपथ ग्रहण र आजैबाट आफ्नो कार्यभार सम्हालेका छन ।
नवगठित कार्य समितिमा निम्नानुसारका पदाधिकारीहरु रहेका छन :-
अध्यक्ष : साङ्गे लामा (रुम्बा)-काठमाडौँ
उपाध्यक्ष : फुर्बा तामांग (घिसिंग) – रामेछाप
महासचिव : बुद्दीमान तामांग -नुवाकोट
सचिव : अमर तामांग – कास्की
कोषाध्यक्ष : निमा पाख्रिन -सोलुखुम्बु
सह-कोषाध्यक्ष : विजय तामांग (थिंग)-काठमाडौँ
सदस्यहरु:
लुइसांग लामा -मोरंग
सुनिता लामा -नुवाकोट
राधिका तामांग -सिक्किम/काठमाडौँ
धन बहादुर तामांग -सोलुखुम्बु
विजय तामांग : धादिंग
बाँकी दुइ सदस्यलाई नवगठित कार्य समितिको पहिलो बैठकले मनोनयनद्वारा पद पूर्ति गरिनेछ ।
न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्थित शेर्पा सांस्कृतिक केन्द्र ( शेर्पा किदुगको भवनको सभा कक्ष) मा सम्पन्न उक्त अधिवेसनमा अघिल्लो कार्यसमितिको आर्थिक एवम संस्थाको प्रगति विवरण सम्बन्धित पधाधिकारीहरुले प्रस्तुत गरेका थिए । नवगठित कार्यसमितिको गठनको लागि संस्थाका सल्लाहाकार बंशलाल तामांगको संयोजकत्वमा राम तामांग, सुर्य लामा, केशव ग्लान र बिनोद घिसिंगको ५ सदस्यीय निर्वाचन समितिको गठन गरिएको थियो । कार्यक्रममा नवगठित कार्यसमितिका सबै पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक बंशलाल तामांगले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सोसाइटिको पदभार ग्रहणसंगै नवगठित समितिका अध्यक्ष साङ्गे लामा ‘रुम्बा’ ले संस्थाको बर्तमान एवं दिर्घकालिन कार्यनीतिको बारेमा आफ्नो मन्तव राखेका थिए । यसैगरि नवनिर्वाचित महासचिव बुद्दीमान तामांग र उपाध्यक्ष फुर्बा तामांगले संस्थाले अघिल्लो कार्यसमितिले गरेको कार्यहरुको सरहना गर्दै आगामी दिनमा सोसाइटीमा आवद्द सदस्यहरुको सहयोगमा संस्थालाई अझ गति दिने प्रतिबद्दता जाहेर गरे । कार्यक्रममा नवगठित कार्यसमितिका सबै पदाधिकारीहरुलाई बधाईसंगै संस्थाका सल्लाहकार, विघटित कमिटिका पधाधिकारी एवम अन्य सहभागीहरुले परम्परागत रुपमा खादा ओढाई सम्मान गरेका थिए ।
सोहि कार्यक्रममा विघटित कार्य समितिका निवर्तमान महासचिव लक्यान लामा, निवर्तमान अध्यक्ष भरत राज लामा, सल्लाहकार राम तामांग, एनआरएन इजरायलका भूतपूर्व महासचिव बाबुराम लामा, सल्लाहकार इन्द्र बहादुर तामांग, सल्लाहकार केशव ग्लान, सल्लाहकार बंशलाल मोक्तान, टिएसए यूथ ग्रुपका प्रविन लामा, सोसाइटिकाका बरिस्ठ सदस्य भोजराज थोकरले नवगठित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
छैटौ अधिवेसनमा विघटित सदस्यहरुको पद एवं नामावली यसप्रकार रहेको छ :-
अध्यक्ष : भरतराज लामा
उपाध्यक्ष : साङ्गे लामा (रुम्बा)
महासचिव : लक्यान लामा
सचिव : माया लामा
कोषाध्यक्ष : रिन्जी तामांग
सह-कोषाध्यक्ष : बिनोद घिसिंग
सदस्यहरु : सपना लामा (वाइवा)
फुर्बा तामांग (घिसिंग)
लालमन तामांग
कमला लोप्चन
कर्मा लामा
प्रकाश तामांग
प्रविन लामा
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष साङ्गे लामा ‘रुम्बा’ ले प्रस्तुत गरेको संस्थाको आगामी कार्यक्रमको बुँदाहरु यस प्रकार छन :
1.SHORT TERM PROJECT
a) Training on Organization procedures for executive board
b) Language Training-English/Nepali/Tamang
c) Nanny/House Keeping Training
d) CPR Training
e) Immigration Consultation Program
f) Medicaid/ Health Insurance Consultation Program
g) Employment Consultation Program
h) North American Tamang Conference
i) Culture & Religion Awareness Campaign
j) Continuation of Encourage your Kids Program
2. LONG TERM PROJECT
a) Development of women’s wings in TSA
b) Empowerment of Youth wing in TSA
c) Emergency Community Relief Fund (Social Security fund)
d) Education Fund (Scholarship fund for Tamangs in Nepal)
e)Infrastructure Development Fund (TSA Building in New York)
i) Encouraging for life-long memberships
ii) Encouraging Membership for board of trustees
f) Expansion of TSA state chapters in the United States

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

आजको प्रमुख समाचार