झण्डै दुई साता पछि प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल विस्तार

१३ फाल्गुन २०७०, मंगलवार १८:१३ मा प्रकाशित

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले झण्डै दुई साता पछि मन्त्रिमण्डल विस्तार गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले राष्टपति कार्यालय शीतल निवासमा आज (मंगलबार) आयोजित विशेष कार्यक्रममा नव नियुक्त मन्त्रीहरुलाई शपथ दिलाएका हुन् । प्रधानमन्त्री कोइरालाले आफ्नो मन्त्रिमण्डलमा दुईजनालाई उपप्रधानमन्त्री बनाएका छन् ।
एमालेका उपाध्यक्ष बामदेव गौतम र कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले उप्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । गौतमले गृह र सिंहले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
राष्टपति डा.रामवरण यादवको उपस्थितिमा मन्त्रीहरुलाई शपथ दिलाईएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
विमलेन्द्र निधिले भौतिक योजना, चित्रलेखा यादव शिक्षा, रामशरण महत अर्थ, मिनेन्द्र रिजाल सञ्चार, नारायण खड्का सहरी विकास, महेश आचार्य वन, नरहरि आचार्य कानून तथा एनपी साउद सिँचाइ मन्त्रीको शपथ लिएका छन् ।
एमालेका तर्फबाट राधा ज्ञवालीले उर्जा, भूमिसुधारमा दलबहादुर राना, पर्यटनमा भीम आचार्य, कृषिमा हरि पराजुली, स्वास्थ्यमा खगराज अधिकारी, युवा तथा खेलकुदमा पुरुषोत्तम पौडेल, परराष्ट्रमा महेन्द्र पाण्डे, उद्योगमा कर्ण थापा, सामन्य प्रशासनमा लालबावु पण्डितले शपथ लिएका छन् । एमालेबाट शपथ लिने मध्ये छ जना गैर सभासद हुन् ।
प्रधानमन्त्री कोइरालाले कांग्रेस र एमालेका दश दश जना मन्त्रीलाई शपथ दिलाएका हुन् । एकजना राज्य मन्त्रीले सिंहदरबारमा शपथ लिएका हुन् । कांग्रेसका तर्फबाट श्रम तथा रोजगार राज्यमन्त्री रहेका टेकबहादुर गुरुङले सिंहदरबारमा शपथ लिएका हुन् ।
लामो छलफल र गृहकार्य पछि मन्त्रिमण्डल विस्तार भएको हो । प्रधानमन्त्री कोइराला र विनाविभागीय मन्त्री रामशरण महतले माघ २८ गते शपथ लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा