प्रधानमन्त्रीको प्रतिबद्धताबाट महासचिव बान उत्साहित

१३ फाल्गुन २०७०, मंगलवार १६:४८ मा प्रकाशित

काठमाडौं, १३ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र नयाँ संविधान बनाउने गरेको प्रतिबद्धताबाट उत्साहित भएको जनाएका छन् ।
कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि महासचिव बानद्वारा आज (मंगलबार) पठाईएको बधाई सन्देशमा एक बर्ष भित्रै नयाँ संविधान जारी गर्न राजनीतिक पहल गर्ने प्रतिबद्धतामा खुसी जनाएका हुन् ।
‘तपाईंको नेतृत्वमा नयाँ संविधान जारी गर्ने नेपालको ऐतिहासिक दायित्व पूरा हुने तथा वास्तविक मेलमिलाप र राष्ट्रिय संवाद एवम् छलफल प्रवद्र्धन हुनेमा मेरो दृढ विश्वास छ,’ महासचिव बानले सन्देशमा भने छन् ।
प्रधानमन्त्री कोइरालाका हरेक प्रयासमा संयुक्त राष्ट्रसंघको निरन्तर सहयोग रहने प्रतिबद्धता पनि महासचिवले व्यक्त गरेका छन् ।
राष्ट्रसंघीय गतिविधिमा नेपालको सक्रिय सहभागिताको सह्राहना गर्दै उनले विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको विशेष योगदानको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा