पशुपति क्षेत्रमा साधुसन्तको र्‍याली

१३ फाल्गुन २०७०, मंगलवार १५:२५ मा प्रकाशित

काठमाडौं, १३ फागुन । पशुपति क्षेत्र विकास कोषले शिवरात्रीको अवसरमा साधुसन्तसहितको र्‍याली आयोजना गरेको छ ।
कोषले शिवरात्रीको प्रचारप्रसारको उदेश्यले आज (मंगलबार) र्‍याली निकालेका हुन् । पशुपतिनाथ मन्दिरको पश्चिम ढोकाबाट निकालिएको र्‍याली गौशाला, मित्रपार्क, चाबहिल गणेशस्थान पुगी गुह्येश्वरी हुँदै देवपतनमा आएर समापान भएको थियो ।
कोषका कर्मचारी, स्थानीयवासीलगायतको र्‍यालीमा सहभागिता रहेको थियो । शिवरात्रि व्यवस्थापनअन्तर्गत परिसरमा सरसफाइ र रंगरोगन, बागमती नदीको सरसफाइ गरिएको छ ।
त्यसैगरी साधुसन्त तथा योगीहरूलाई आवास र भोजनको व्यवस्था कोषले मिलाएको छ । विद्युतीय माध्यमबाट निर्मित प्रवेशद्वारहरु, वर्षात्को पानी परेको झल्को दिने बत्तीको आकर्षणसमेत रहने छ ।
कोषले दर्शनार्थीलाई बहुमूल्य गरगहना नलगाउन, प्लास्टिकका झोला, कप, प्लेट साथै टुटफुट हुनसक्ने काँचका सामग्री पशुपति परिसरमा प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,