प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीलाई पाँच बजे शपथ गराउँदै

१३ फाल्गुन २०७०, मंगलवार १२:५७ मा प्रकाशित

काठमाडौं, १३ फागुन । कांग्रेस र एमालेले भागबण्डामा परेका मन्त्रालयका लागि दश/दश मन्त्रीहरुको नाम टुङगो लगाए पछि शपथ हुने भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रीहरुको नाम पाए पछि आज (मंगलबार) शपथ दिलाउने भएका हुन् । कोइरालालाई कांग्रेस र एमालेका दश/दश जना मन्त्रीको नाम प्राप्त भएको निजी सचिवालयले जनाएको छ ।
नयाँ मन्त्रीहरुलाई कोइरालाले पाँच बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउने कार्यक्रम छ ।
कांग्रेसले महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानसहित स्थानीय विकास मन्त्रीको जिम्मेवारी दिएको छ । नेता विमलेन्द्र निधि भौतिक योजना, चित्रलेखा यादव शिक्षा, रामशरण महत अर्थ, मिनेन्द्र रिजाल सञ्चार, नारायण खड्का सहरी विकास, महेश आचार्य वन, नरहरि आचार्य कानून, एनपी साउद सिँचाइ मन्त्रीमा सिफारिस गरेको छ । टेकबहादुर गुरुङलाई स्वतन्त्र श्रम राज्यमन्त्रीमा सिफारिस गरेको छ ।
उता, एमालेका उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । एमालेले नौ जना मन्त्री सबै नयाँ अनुहारका पठाएको छ । गौतम बाहेक सबै नेताहरु पहिला मन्त्री भएका थिएनन् ।
एमालेले गौतमलाई उपप्रधान र गृह, राधा ज्ञवालीलाई उर्जा, भूमिसुधारमा दलबहादुर राना, पर्यटनमा भीम आचार्य, कृषिमा हरि पराजुली, स्वास्थ्यमा खगराज अधिकारी, युवा तथा खेलकुदमा पुरुषोत्तम पौडेल, परराष्ट्रमा महेन्द्र पाण्डे, उद्योगमा कर्ण थापा, सामन्य प्रशासनमा लालबावु पण्डितलाई सिफारिस गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र