निःशुल्क वितरणको झुल बिक्रिका लागि बजारमा

११ बैशाख २०६९, सोमबार १८:०२ मा प्रकाशित

रौतहट, ११ बैशाख । गर्भवती तथा सुत्केरी महिलाहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयले निशुल्क वितरण गर्नु पर्ने औषधियुक्त मेडिकेटेड सुपानेट झुल बजारमा फेला परेको छ । बिक्री गर्न नपाउने सुपानेट झुल जनस्वास्थ्यका कर्मचारीले बिक्री गरेको किन्ने व्यापारीहरुले बताएका छन । कालाजार फैलिन सक्ने क्षेत्रमा गैर सरकारी तथा नेपाल सरकारको संयुक्त पहलमा रौतहटका ११ गाविसमा निशुल्क झुलको वितरण कार्यक्रम रहेको छ । रौतहटको कालाजार प्रभावित गाविसका गर्भवती जाँच गराउन स्वास्थ्य संस्थामा आउने महिलाहरुलाई निशुल्क वितरण गर्नका लागि नेपाल सरकारले जिल्ला स्वास्थ्य कार्यालय रौतहटलाई पठाएको मेडिकेटेड सुपानेट झुल गौर बजारका विभिन्न कपडा तथा औषधि पसलहरुमा प्रति गोटा १२ सय रुपैयाँमा बिक्री भइरहेको छ । गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा जचाउन आउनेलाई एक थान मेडिकेटेड झुल वितरण गर्नका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा गैर सरकारी सस्था जानकी महिला जागरण समाज धनुषाबाट दुई महिना अघि सातहजार चार सय थान सुपानेट झुल जनस्वास्थ्य कार्यालय गौरमा पठाएको थियो । अस्पतालकै कर्मचारीको मिलोमतोमा चार बोरा झुल स्थानीय पसलमा बिक्री गरी गोदामबाट झुल चोरी भएको बताइएको हो । एक महिनाअघि झुल चोरी भएको फाँटका प्रमुख चौधरीले बताउदै आए पनि जनस्वास्थ्य प्रमुख डा. अखलेश्वर सिहले चोरीको बिषयमा आफुलाइ कुनै जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल