हलिउडमा एञ्जलीना जोलीको कमाई अत्याधिक

१३ फाल्गुन २०७०, मंगलवार ११:२९ मा प्रकाशित

एजेन्सी


लस एञ्जलस, १३ फागुन । एञ्जलीना जोली हलिउडमा सबै भन्दा बढी कमाई गर्ने अभिनेत्रीमा परेकी छन् । २०१३ मा एञ्जलीनाको कमाई ३३ मिलियन डलर रहेको समाचारमा जनाईएको छ ।
अमेरिकाको कैम्पेन ग्रुप विमिङ्स मिडिया सेन्टरको रिपोर्ट अनुसार एञ्जलीना हलिउड नायिकामा सबै भन्दा धेरै कमाई गर्ने सूचीमा परेकी हुन् । रिर्पोटमा हलिउडमा अभिनेता र अभिनेत्रीहरुको टप टेन सूची पनि उल्लेख छ ।
एञ्जलीना जोली पछि धेरै कमाई गर्नेमा अभिनेत्रीमा जेनिफर लारेन्स परेकी छन् । दोस्रो नम्बरकी जेनिफरले २६ मिलियन डलर कमाई गरेकी छन् ।
त्यसै गरी क्रिस्टीन स्टुअर्टले २१ दशमलव ५ मिलियन डलर, जेनिफर ऐनिस्टनको २० मिलियन र ऐमा स्टोनको आम्दानी १६ मिलियन डलर कमाई गरेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा कलाकार राबर्ट डाउनी जूनियरको सबै भन्दा ज्यादा कमाई देखिएको छ । उनले गत बर्ष ७५ मिलियन डलर कमाई गरेको जनाईएको छ ।
राबर्ट पछि चैनिङग टेटमले ६० मिलियन डलर, ह्यू जेकमैनले ५५ मिलियन डलर र मार्क वालबर्गले ५१ मिलियन डलर कमाई गरेका छन् ।
उनीहरुका अलावा ड्वेन जोनसन, लियोनार्डो डीकैप्रियो, टाम क्रुज, डेजेंल वाशिंगटन र लियाम नेसनपनि धेरै कमाई गर्ने हलिउड स्टार्सको सूचीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया