उपाध्यक्षका लागि एमाओवादीद्वारा प्रयास

१३ फाल्गुन २०७०, मंगलवार ०६:२८ मा प्रकाशित

काठमाडौं, १३ फागुन । संविधानसभाको तेस्रो दल एकीकृत नेकपा माओवादीले संवैधानिक समितिको सभापति र उपाध्यक्षका लागि आफ्नो पार्टीको पक्षमा सहमतिको प्रयास थालेको छ । कांग्रेसले प्रधानमन्त्री र एमालेले सभामुख पाएपछि बाँकी दुवै पद आफ्नो पार्टीले पाउनुपर्ने जिकिरसहित उसले अन्य राजनीतिक दलसँग सहमतिको प्रयास थालेको हो ।

संविधानसभा उपाध्यक्षमा सहमतीय उम्मेदवारीका लागि तोकिएको समयावधिमा कुनै पनि दलले उम्मेदवारी दर्ता नगरेपछि अब निर्वाचन प्रक्रिया बहुमतीय प्रणालीबाट अघि बढेको छ । बहुमतीय प्रणालीअनुसार उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तालिका तय गरिएको छ ।

संविधानसभाभित्रको संवैधानिक समितिको सभापति आफ्नो पार्टीलाई दिने प्रतिबद्धता जनाए मात्रै एमाओवादीले उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिने तयारी गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । ‘सरकार र सभामुखमा कांग्रेस–एमालेले भागबन्डा गरेपछि सहमतीय राजनीतिका लागि उपाध्यक्ष र संवैधानिक समितिको सभापति हामीलाई दिनुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘त्यसका लागि हामीले अन्य राजनीतिक दलसँग छलफलको प्रक्रिया अगाडि बढाइसकेका छौं ।’

एमाओवादीले सहमतीय राजनीतिका लागि संविधानसभाको प्रमुख पार्टी कांग्रेस र एमालेसँग अनौपचारिक छलफल सुरु गरेको छ ।

सोमबार व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयाँ बानेश्वर पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेका शीर्ष नेताहरूसँग संसद् भवनमै अनौपचारिक छलफल गरेको शर्माले बताए । ‘हामीले सोमबारै कांग्रेस–एमालेसँग अनौपचारिक छलफल गरेका छौं, उहाँहरू दुवै पदका विषयमा सकारात्मक देखिएका छन्, उहाँँहरूले सहमति देखाएमा बहुमतीय प्रणालीभित्र पनि सहमतीय आधारमा उपाध्यक्ष चयन हुनेछ,’ शर्माले भने ।

कांग्रेस–एमालेले उपाध्यक्षमा एमाओवादी उम्मेदवारलाई सहयोग गर्ने यसअघि नै बताइसकेका छन् । सोमबार एमाले स्थायी कमिटी बैठकले एमाओवादी उम्मेदवारलाई उपाध्यक्षमा सहयोग गर्ने औपचारिक निर्णय नै गरेको छ ।

संविधानसभाको चौथो दल राप्रपा नेपालले पनि उपाध्यक्षमा एमाओवादीलाई सहयोग गर्ने बताएको छ । एमाओवादीले भने उपाध्यक्षमा उम्मेदवारी दिने नदिने, दिँदा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय लिन मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । उसले उम्मेदावरी दिँदा नेतृ ओनसरी घर्तीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र