लोकतन्त्रको जग बलियो भइसकेको एमाले वरिष्ठ नेता नेपालको दाबी

११ बैशाख २०६९, सोमबार १८:०० मा प्रकाशित

काठमाडौ, ११ बैशाख । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र बलियो जगमा उभिइसकेकाले मुलुक यसबाट कुनै पनि अवस्थामा पछि फर्कन नसक्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका जनक एवम् भूतपूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको जन्म सताब्दी वर्ष तथा २० आँ स्मृति दिवस समारोहमा उहाँले मुलुकका राजनीतिक नेताहरु लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि अभ्यस्त रहेकाले लोकतन्त्र विरोध जस्तोसुकै गतिविधिलाई पनि परास्त गर्न सक्षम रहेको बताउनुभयो । नया संविधान लेखनको काम अन्तिम विन्दुमा पुगिसकेको बताउँदै वरिष्ठ नेता नेपालले संविधानका विवादित विषयमा दलहरुबीच आजै सहमति हुने दाबी गर्नुभयो । आमजनतामा रहेको निराशा र अविश्वासलाई विश्वासमा ल्याउने सङ्कल्पका साथ सहमतिका लागि छलफलमा जुटेको बताउँदै नेता नेपालले न्याय, समानता र लोकतन्त्रलाई एकैसाथ लैजान दलहरुले सहमतिको मिलनविन्दुमा पुग्नुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि स्व. आचार्यले पुर्याउनुभएको योगदान सदासर्वदा नेपाली
जनताले उच्च सम्मान गर्ने बताउनुभयो । त्यस्तै संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले स्व. आचार्यले सुरु गरेको आन्दोलनको जगबाट मुलुकमा
परिवर्तनका अन्य आन्दोलन हुँदै आएको स्मरण गराउनुभयो ।
नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले संविधान समयमै जारी गरेर स्व. आचार्यको योगदानको कदर गर्नेतर्फ लाग्न जरुरी रहेको बताउनुभयो । विसं
१९६९ मङ्सिर १७ गते नवलपरासीमा जन्मनुभएका आचार्यको निधन २०४९ साल जेठ ११ गते भएको थियो । उहाँको अगुवाइमा १९९३ साल जेठ २० गते नेपाल प्रजा परिषद् नामक पहिलो राजनीतिक सङ्गठन गठन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे