थ्री–स्टारको उपाधि सम्भावना कमजोर

१३ फाल्गुन २०७०, मंगलवार ०६:२० मा प्रकाशित

काठमाडौं, १३ फागुन । दशरथ रंगशालमा जारी सहिदस्मारक ‘ए’ डिभिजन लिगमा साबिक विजेता थ्री–स्टारको उपाधि सम्भावना कमजोर बनेको छ । सोमबार संकटासग गोलरहित बराबरीमा रोकिएपछि थ्री–स्टारको गणितीय सम्भावना मात्र बाकी रहेको हो ।
आफ्नो चौथो खेलमा स्पष्ट नतिजाका लागि मैदान छिरेको थ्री–स्टारले उल्लेख्य खेल पस्कन असफल रह्यो । पाएका केही राम्रा मौका सदुपयोग गर्न नसकेको थ्री–स्टारलाई संकटाले सहज रूपमा रोक्न सफल भयो । पहिलो हाफको २४औं मिनेटमा जगजित श्रेष्ठको कर्नरलाई प्रकाश बुढाथोकीले गरेको हेड दोस्रो बारभन्दा केही इन्चबाट बाहिरिएपछि थ्री–स्टारले पहिलो हाफमा खासै मौकाहरू सिर्जना गर्न सकेन ।
दोस्रो हाफमा पनि फितलो प्रदर्शन गरेको थ्री–स्टारले संकटाको डिफेन्स र गोलरक्षकलाई चिर्न असफल भयो । यद्यपि, ७९औं मिनेटमा पाएका राम्रो मौका सदुपयोग हुन सकेन । जगजित श्रेष्ठले प्रहार गरेको कर्नरलाई गोल लाइनबाट निशान लिम्बूले क्लियर गरेपछि थ्री–स्टारले अन्य कुनै राम्रा मौकाहरू सिर्जना गर्न सकेन ।
खेलपछि थ्री–स्टारका प्रशिक्षक अञ्जन केसीले उपाधि होडबाट थ्री–स्टार बाहिरिएको बताए । उनले भने, ‘हाम्रा लागि निकै अर्थपूर्ण खेलमा जित निकाल्न सकिएन, अब उपाधिबाट हामी बाहिरियौं ।’ उनले स्ट्राइकरले पर्याप्त मेहनत नगरेकाले पनि नतिजा ननिस्किएको बताए । खेल नियन्त्रणमा भए पनि गोल गर्न नसक्नु कमजोरी भएको उनले बताए । उनले उपाधि रक्षा गर्न नसक्नुमा सबै पक्ष जिम्मेवार रहेको बताए । उनले कुनै पनि टिमका राष्ट्रिय स्तरका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसकेको बताए ।
संकटाका प्रशिक्षक राजुकाजी शाक्यले स्ट्राइकर नहुनु नै टिमको समस्या भएको बताए । उनले भने, ‘आफ्नो ढंगले खेल खेलेको हो, राम्रो प्रदर्शन ग¥यौं तर स्ट्राइकर नभएकाले गोल गर्न सकेनौं ।’ उनले थ्री–स्टारले गोल गर्न हतार गरेकाले स्कोर निकाल्न नसकेको बताए । उनले संकटाका गोलरक्षक र डिफेन्स उत्कृष्ट भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार