छनोटका तीन मापदण्ड, नेपालद्वारा बैठक बहिष्कार

१३ फाल्गुन २०७०, मंगलवार ०६:०५ मा प्रकाशित

काठमाडौं, १३ फागुन । नेकपा एमालेले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष तथा सरकारमा पार्टीबाट नेतृत्वकर्ता वामदेव गौतमलाई दिएको छ । सोमबार बसेको स्थायी समिति बैठकले उपाध्यक्ष गौतमले सुझावसहित प्रस्ताव तयार पार्ने र तीन नेताले अन्तिम रूप दिने निर्णय गरेको हो ।

ग्रान्डी अस्पताल धापासीमा सम्पन्न बैठकले मन्त्री छनोटका लागि तीन मापदण्ड तय गर्दै पार्टीबाट सरकारको नेतृत्वकर्ता गौतमलाई मन्त्री हुनेका नामावली तयार पार्न जिम्मेवारी दिएको छ । उपाध्यक्ष गौतम प्रधानमन्त्रीपछिको पहिलो मर्यादामा उपप्रधान तथा गृहमन्त्री रहने गरी सरकारमा सहभागी हुने निर्णय एमालेले यसअघि नै गरिसकेको छ । नेपाली कांग्रेससँगको सहमतिअनुसार एमालेको भागमा १० ओटा मन्त्रालय परेका छन् ।

सोहीअनुसार एमालेले मन्त्री छनोटको गृहकार्य अघि बढाएको हो । स्थायी समितिमा मन्त्रीहरूको नामावलीमा भने कुनै छलफल नभएको नेताहरूले जानकारी दिएका छन् । गौतमलाई स्थायी समिति सदस्यहरूको समेत परामर्शमा प्रस्ताव तयार पार्न भनिएको छ ।

‘सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने उपाध्यक्ष गौतमले स्थायी समितिका सबै सदस्यसँग परामर्श गरेर नाम तय गर्दै अध्यक्ष र संसदीय दलका नेतासहित बसेर मन्त्रीहरूको अन्तिम टुंगो लगाउने निर्णय गरिएको छ,’ बैठकपछि सचिव शंकर पोखरेलले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार