न्यायप्रणाली र नागरिकतामा सहमति, निर्वाचन प्रणालीमा सहमति नजिक

११ बैशाख २०६९, सोमबार १७:५८ मा प्रकाशित

काठमाडौ, ११ बैशाख । प्रमुख तीन दल र मधेसी मोर्चाबीच विवादित विषयमा सहमति जुटाउने क्रम सुरु भएको छ । नागरिकता र न्यायप्रणालीमा सहमति भइसकेको छ भने निर्वाचन प्रणालीमा दलहरु सहमति नजिक पुगेका छन् । बैठकपछि नेताहरुले न्यायप्रणाली, नागरिकता र निर्वाचन प्रणालीबारे करिब करिब सहमति भएको जानकारी दिएका छन् । संवैधानिक अदालतको अवधि पाँच वर्ष राख्ने हिजै सहमति भइसकेकोमा आज कार्यक्षेत्रबारे पनि सहमति भएको छ । यसैगरी दलहरूबीच अदालतको अध्यक्ष प्रधानन्यायाधीश हुने, संवैधानिक अदालतले प्रदेश र स्थानीय निकाय, प्रदेश–प्रदेश र प्रदेश र केन्द्रबीचको विवादलाई हेर्ने विषयमा पनि सहमति भएको छ । नागरिकताका विषयको विवादमा अहिलेकै अवस्थामा वितरण गर्ने, पछि कानुन बनाएर त्यसलाई लागू गर्ने सहमति भएको काङ्ग्रेस नेता रामशरण महतले बैठकपछि जानकारी दिनुभयो । यसैगरी निर्वाचन प्रणाली मिश्रित हुने सहमति भएपनि सिट सङ्ख्यामा सहमति भइसकेको छैन । प्रत्यक्ष र समानुपातिकमा ५०–५० वा ४०–६० कति राख्ने भन्ने विषयमा सहमति हुन बाँकी छ । राज्य पुनर्संरचना र शासकीय स्वरुपमा पनि छलफल सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।
अहिलेसम्मको सहमतिलाई अन्तिम रुप दिन अहिले फेरि बैठक बसिरहेको छ । तीनवटा विषयलाई अन्तिम रुप दिएपछि अरु दुई विषयमा प्रवेश गर्ने एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ