संसदबाट सुरक्षा विशेष समिति अनुमोदन

१२ फाल्गुन २०७०, सोमबार १७:४७ मा प्रकाशित

काठमाडौं, १२ फागुन । व्यवस्थापिका–संसदले सुरक्षा विशेष समितिमा रहेका सदस्यहरूको नामलाई अनुमोदन गरेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज (सोमबार) बसेको बैठकले समितिका सदस्यहरुको नाम अनुमोदन गरेको हो । सभामुखले संविधानसभा व्यवस्थापिका–संसदको कार्यसञ्चालन नियमावलीअनुरुप समितिमा रहे सदस्यको नाम सहमतिका लागि प्रस्तुत गरेका थिए ।
नियमावलीमा प्राकृतिक विपत्तिमा बाहेक सेना परिचालन गर्नुपरेमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुमोदन गर्ने प्रयोजनका लागि व्यवस्थापन गर्न सुरक्षा विशेष समिति रहने व्यवस्था रहेको छ ।
सभामुख र उपसभामुख पदेनसहित बढीमा ८१ जना यो समितिमा रहने व्यवस्था छ ।
संसदको बैठकको कार्यसूचीमा समितिमा रहे सदस्यहरूको नाममा सहमति लिने उल्लेख भएको भएपनि विशेष समय र शून्य समयका कारबाहीसमेत सञ्चालन भएका थिए ।
व्यवस्थापिका–संसद्को अर्काे बैठक भोलि फागुन १३ गते मंगलबार दिउँसो ११ बजे बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार