संविधानसभाको बैठक स्थगन गर्ने सहमति

११ बैशाख २०६९, सोमबार १७:५८ मा प्रकाशित

काठमाडौ, ११ बैशाख । दलहरुबीच सहमति नभए मतदान प्रक्रियामा जान आजका लागि बोलाइएको संविधानसभाको बैठक स्थगन हुने भएको छ । दलहरु सहमति प्रक्रियामा रहेकाले संविधानसभाको बैठक पछि सार्ने सहमति भएको छ । दिउसो ३ बजे बोलाइएको बैठक सूचना टास गरी १४ गतेसम्मका लागि स्थगन गरिने भएको हो । दिउसो केहीबेर बसेको विवाद समाधान उपसमितिको बैठकमा नेताहरुबीच संविधानसभाको बैठक पछि सार्ने सहमति भएको काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । संविधानसभामा नियमावली संशोधन, संविधानसभाको बैठकका विषयमा छलफल भइरहेको छ । आज बेलुका र भोलि विवाद समाधानका लागि गम्भीर छलफल गर्ने शीर्ष नेताहरुले बताएकाले संवैधानिक समितिको दुई दिन र संविधानसभाको बैठक तीन दिन पछि सारिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई