बेपत्ता नागरिकको खोजी सरकार र पार्टीले गर्छः प्रचण्ड

११ बैशाख २०६९, सोमबार १७:५७ मा प्रकाशित

काठमाडौ, ११ बैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका नागरिकहरुको खोजीका लागि सरकार र पार्टी प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । आज बिहान आफ्नै निवास लाजिम्पाटमा एकीकृत माओवादी निकट बेपत्ता योद्धाका परिवारहरुको भेटमा अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका नागरिकलाई तत्काल खोजी गर्न र तिनका परिवारलाई राहत उपलब्ध गराउन पार्टी क्रियाशील भएर लागेको बताउनुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । भेटमा केही समयभित्रै बेपत्ता खोजविन आयोग गठन हुने र नागरिक बेपत्ता पार्ने उपर कानुनअनुसार नै कारवाही हुने उहाँले बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार