बढेको तलव पाउन प्राध्यापक संघद्वारा धर्ना

१२ फाल्गुन २०७०, सोमबार १६:११ मा प्रकाशित

कीर्तिपुर, १२ फागुन । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना दिएको छ ।
प्राध्यापकका सम्बन्धमा विगतमा गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै संघले आज (सोमबार) धर्ना दिइएको हो ।
प्राध्यापकको नियमित बढुवा प्रक्रिया सुचारु गरिनुपर्ने, करार सेवाका प्राध्यापकको प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने लगायतका विषयमा विश्वविद्यालय प्रशासनले संघसंग सहमति गरेको भएपनि हालसम्म कार्यान्वयन नगरेको आरोप छ ।
गत साउनदेखि प्राध्यापकको बढेको तलब उपलब्ध नगराइएकाले बाध्य भई धर्ना दिनुपरेको संघका अध्यक्ष योगेन्द्रनारायण बडवरियाले बताए ।
आगामी फागुन १६ गतेसम्म धर्नालगायतका विरोधका कार्यक्रम गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र