बिवाहको मारमा परेका चार नायिका

१२ फाल्गुन २०७०, सोमबार १३:५६ मा प्रकाशित

एजेन्सी


मुम्बई, १२ फागुन । बलिवुड एउटा यस्तो विश्व हो, जहाँ गल्यामर्स र धनसम्पत्ति प्रशस्त छ । कमाउनेले बलिउडमा प्रसस्त नाम र दाम कमाएका छन् ।
अमिताभ बच्चन ७० को दशकमा आफ्नो सफल फिल्मी करियर सुर गरे । आज पनि त्यही रफ्तारका साथ अमिताभ बच्चन अघि बढी रहेका छन् । अमिताभका साथ अन्य थुप्रै कलाकारपनि बर्षैं देखि इंडस्ट्रीमा काम गरिरहेका छन् ।
तर जब कुरा नायिकाहरुको हुन्छ । तब कुरा परै उल्टो हुन पुग्छ । यस्तो पनि मानिन्छ कि नायिकाहरुको बिवाह भएको छैन भने उनीहरु एक नम्बरको पोजिशनमा पुग्छन् । तर बिवाह पछि उनीहरुले सफलताको मन्त्र भूले जस्तो हुन्छ ।
अर्को शब्दमा भन्ने हो भने बिवाहित नायिकाहरुलाई दर्शकले मनराउनै छाडेका छन् । बिवाह नायिकाहरुका लागि अभिसाप नै भएको मानिन्छ ।
त्यस्तै कथा बलिवुडका अधिकांश नायिकाहरुमा लागू भएका छन् । जस्ले बिवाह गरेका छन् उनीहरुले दर्शकमा छाप छाड्न सकेका छैनन् । उनीहरुको माग पनि छैन ।
ऐश्वर्या राय बच्चन, करीना कपूर, विद्या बालन र शिल्पा शेट्टी बलिवुडका टप नायिका हुन् । कुनै समय उनीहरुले बलिउडमा नंबर एकको बाटो पनि पकडेका थिए । तर अहिले उनीहरुको नाम दर्शकका लागि नौला हुन थालेको छ । ति नायिकाहरुले दर्शकलाई आफू तर्फ आकर्षित गर्न सकेका छैन ।
हुन त ऐश्वर्या, करीना, विद्या र शिल्पाले अहिले पनि वलिउडमा काम गरिहेका छन् । केही टेलिभिजन कार्यक्रमका रियालिटी शोमा देखिए पनि उनीहरुको बिवाह पूर्वको गल्यामर्स नदेखिएको समाचार टिप्पणीमा उल्लेख छ ।
ऐश्वर्या राय बच्चन केही दिन यता विज्ञापनमा देखिन थालेकी छन् । समर्थकले उनीबाट केही आशा पनि राखेका छन् । ऐश्वर्या फेरि बलिवुडमा राम्रो वापसी गर्ने छिन् भन्ने विश्वासमा समर्थक छन् ।
करीना कपूर बिवाह पछि लगातार फिल्ममा काम गरिरहेकी छन् । यद्यपि, करीनालाई सफलता मिलेको छैन । उनी आफ्ना फिल्महरुबाट निराश छिन् ।
अर्की नायिका शिल्पा शेट्टी त बच्चा जन्माउने बित्तिकै बलिवुड इंडस्ट्रीबाट गायब भईसकेकी छन् । उनी अक्कल झुक्कल टेलिभिजन कार्यक्रममा देखिने बाहेक अरु काम छैन ।
विद्या बालन पनि बिवाह पछि खासै जम्न सकेकी छैनन् । बिवाह पूर्वको उनको माग अहिले ह्वात्तै घटेको छ । कुनै जमानाकी विद्यालाई दर्शकले बिवाह पछि पहिलाको गल्यामर्स पाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया