मन्त्री चयन गर्न स्थायी समितिको बैठक बस्दै

१२ फाल्गुन २०७०, सोमबार १३:२९ मा प्रकाशित

काठमाडौं, १२ फागुन । मन्त्रालय भागबण्डमा सहमति भए पछि मन्त्री चयन गर्न एमालेको स्थायी समिति बैठक बस्दैछ ।
अहिले केही समय पछि पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकले मन्त्रीहरुको टुङगो लगाउने सचिव यूवराज ज्ञवालीले जानकारी दिए । ‘उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने पूर्वत निर्णय छ,’ उनले भने, ‘अन्य मन्त्रीहरुको टुङगो लागेको छैन ।’
सचिव ज्ञवालीले स्थायी समितिले मन्त्रीहरुको टुङगो लगाउने बताए । ‘स्थायी समितिको बैठक बस्दैछ,’ उनले भने, ‘बैठकले सबै मन्त्री चयन गर्छ ।’
उता, अस्पतालमा स्थायी समितिको बैठक राखेको भन्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । बैठक अस्पतालमा राख्ने चर्चा चलेको थियो । संसदीय दलका नेता केपी ओली धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
स्थायी समितिको बैठक र मन्त्री चयनका विषयमा अध्यक्ष झलनाथ खनालले संसदीय दलका नेता ओलीसंग परामर्श पनि गरेका छन् ।
यसैबीच, एमालेको केन्द्रीय कमिटीको प्रभावित भएको छ । बैठक भोलि बिहान एघार बजे सम्मका लागि स्थगित भएको सचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा