खेलाडीलाई सम्मान, बेवास्ता गरेको खेलाडीको गुनासो

११ बैशाख २०६९, सोमबार १७:५४ मा प्रकाशित

पाल्पा, ११ बैशाख । धनगढीमा सम्पन्न छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाल्पाबाट सहभागि भई दुई स्वर्णसहित ९ पदक ल्याउन सफल पाल्पाका चार खेलाडीलाई आज तानसेनमा सम्मान गरिएको छ । नेपाल इन्टरनेशनल तेक्वान्डो महासङघ पाल्पाले तानसेनमा एक कार्यक्रमको आयोजना गरि २ स्वर्ण १ रजत पदक विजेता ममता थापा, २ रजत १ कास्य पदक विजेता प्रकाश थापा, २ रजत विजेता सिमा सारु र १ रजत १ कास्य पदक विजेता सञ्जु कार्कीलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा पाल्पाका प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरे र तेक्वान्डो महासंघका पाल्पा अध्यक्ष निरबहादुर सारुले सम्मान गर्नुृ भएको थियो । ममता थापालाई नगद ५ हजार, मेडल, सम्मान पत्र तथा अन्य खेलाडिलाई नगद ३ हजार,मेडल र सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रममा बोल्ने खेलाडी तथा प्रशिक्षक हरुले राष्ट्रिय प्रतियोगितामा पदक जितेर पाल्पाको नाउँ राख्न खेलाडीहरु सफल भएपनि सम्बन्धित पक्षले बेवास्ता गरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले

काठमाडौं । कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी

काठमाडौ । ब्याड्मिन्टनका प्रिन्स दाहाल र पौडीकी गौरिका सिंह नेपाल ओलम्पिक कमिटी (एनओसी) सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।

काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर