प्रधानमन्त्रीले आज मन्त्रिमण्डल विस्तार गर्ने

१२ फाल्गुन २०७०, सोमबार १२:२६ मा प्रकाशित

काठमाडौं, १२ फागुन । मन्त्रालय विभाजनमा कुरा मिले पछि प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले कांग्रेस र एमालेका मन्त्रीलाई आज (सोमबार) शपथ खुवाउने अन्तिम तयारी गरेका छन् । कांग्रेस र एमालेका वार्ता टोलीबीच मन्त्रालयमा भागबण्डा मिले पछि प्रधानमन्त्रीले शपथ लिएको झण्डै दुई साता पछि मन्त्रिमण्डल विस्तार हुन लागेको हो ।
मन्त्रालय विभाजनमा कुरा मिले लगत्तै कांग्रेस र एमालेले आन्तरिक छलफल सुरु गरेका छन् । उनीहरुले मन्त्री बन्नेहरुको नाम चयन गरेर प्रधानमन्त्रीलाई दिए पछि शपथ दिलाईने छ ।
सहमति अनुसार कांग्रेसले रक्षा, अर्थ, सञ्चार, शहरी विकास, शिक्षा, स्थानीय विकास, आवास तथा भौतिक योजना, शान्ति तथा पुन: निर्माण, कानून न्याय तथा संसदीय तथा सिँचाई मन्त्रालय पाएको छ ।
एमालेले गृह तथा उपप्रधान, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, उर्जा, पर्यटन, वन, यूवा तथा खेलकुद, कृषि र भूमिसुधार तथा ब्यवस्था मन्त्रालय राख्ने सहमति भएको छ ।
कांग्रेस र एमालेले राप्रपा र नेकपा (माले)लाई एक/एक मन्त्रालय दिने सहमति पनि गरेका छन् । अन्य मन्त्रालय सरकारमा आउन चाहने साना दललाई पनि दिईने स्रोतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले