रगत अभावमा चार दिनपछि सुत्केरीको रिफर

१२ फाल्गुन २०७०, सोमबार ०६:५५ मा प्रकाशित

बाजुरा, १२ फागुन । बाजुराको पुर्वोत्तर रुगिन गाविसकी लक्ष्मी भण्डारीको घरमै सुत्केरी भएको चार दिनसम्म साल ननिस्किएपछि गत बिहीबार सदरमुकाम मार्तडी पु-याइएको थियो । उनको उपचारका लागि धेरै दिनसम्म जिल्ला स्वास्थ्य कार्यालय बाजुराले रगत खोज्दा नपाएपछि बाध्य भएर आइतबार अन्यत्र रिफर गरेको छ ।

रुगिन–४ की भण्डारीको बच्चा जन्मेको केही घन्टासम्म पनि साल ननिस्किएपछि उनलाई बोकेर बिहीबार सदरमुकाम मार्तडीस्थित जिल्ला स्वास्थ्य कार्यालय पु-याइएको लक्ष्मीका देवर राजबहादुर भण्डारीले बताए । भण्डारीले भने, ‘चार दिनदेखि तीन पिन्ट रगत चाहियो भने त्यो बल्लबल्ल खोजियो । फेरि रगत पुगेन भनेर डाक्टरले रिफर गरिदिए ।’

स्वास्थ्य परीक्षणपछि लक्ष्मीमा रक्तश्रावका कारण रगतको कमी भएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमै सिकिस्त अवस्थामा रहेकी लक्ष्मीको शरीरमा ५ दशमलव ५ पिन्ट रगत मात्र भएकाले साल निष्कासन नभएको डाक्टरले बताएका छन् । शरीरमा रगतको मात्रा ७ पिन्टभन्दा कम भए सालनाल निकाल्न नमिल्ने भन्दै रगतको खाँचो भएको र रगत नभएका कारण थप उपचार गर्न नसिएको डाक्टर राधेश्याम शर्माले बताएका छन् ।

सिकिस्त अवस्थामा रहेकी भण्डारीलाई ओ पोजेटिभ समूहको रगत आवश्यक परेको थियो । जिल्ला स्वास्थ्य कार्यालयकी स्टाफ नर्स धर्मा रोकायाका अनुसार आवश्यकताअनुसार रगतको आपूर्ति हुन नसकेकाले अन्तै रिफर गरिएको हो । २२ वर्षीया लक्ष्मी भण्डारीको घरमै प्रसूति गराएकाले यस्तो समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

बाजुरामा यस वर्ष मात्रै आधा दर्जनभन्दा बढी महिलाको सुत्केरी हुन नसकी मृत्यु भएको छ । गत साउनमा ब्रह्मतोला–३ मल्लाकुडी ३२ वर्षीया चनादेवी लुवारको सुत्केरी भएको दुई दिनमा उपचार अभावमा मृत्यु भएको थियो ।

यस्तै, पाण्डुसैन–७ अगाउँ पानीकी २५ वर्षीया खुमकला सार्की, १६ जेठमा कैलाशमाडां–३ की १७ वर्षीया टिउँकी विक, ३ कात्तिकमा बाह्रबीस–१ की ३५ वर्षीया जूनकला लुहार र गोत्री गाविसकी मुगा रावलले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नपाउँदा कोल्टी विमानस्थलमै जहाजको प्रतीक्षामा ज्यान गुमाएका थिए । यस्तै, गत वर्र्ष बाजुरामा आठजना सुत्केरीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार