वाकयुद्धमा मोदी, राहुल र केजरीवाल

१२ फाल्गुन २०७०, सोमबार ०६:४० मा प्रकाशित

एजेन्सीे


नयाँ दिल्ली, १२ फागुन । आइतबार उत्तर भारतका तीन राज्यमा कंग्रेस, भारतीय जनता पार्टी र आम आदमी पार्टीका नेताहरूले जनसभालाई सम्बोधन गरे । पञ्जाबको लुधियानामा भाजपाका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदबार नरेन्द्र मोदीले आमसभालाई सम्बोधन गरे । कंग्रेसलाई निसाना बनाउँदै उनले भ्रष्टाचार कंग्रेसको पहिचान भइसकेको बताए । उनले एबीसीडीको नयाँ शब्द सिर्जनासमेत गरे, ए फर आदर्श घोटाला, बी फर बोफोर्स घोटाला र सी फर कोइला घोटाला ।
मोदीले दिल्लीको जिम्मेबारी पाए चौकीदारजस्तै बस्ने र देशको ढुकुटीमा कसैको हात पर्न नदिने बताए ।
रगतको राजनीति कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले उत्तराखण्डको राजधानी देहरादुनमा आयोजना गरिएको -यालीलाई सम्बोधन गर्दै विपक्षीले रगतको राजनीति गरिरहेको आरोप लगाए । ‘भारतका केही मानिसहरू देशलाई टुक्र्याउन प्रयास गरिरहेका छन् । उनीहरू एकअर्कालाई लडाइरहेका छन्,’ राहुलले भने । उनले भान्छा ग्याँसको सब्सिडी नौबाट बढाएर १२ पु-याइएको पनि बताए । उनले पूर्वसैनिकको एक पद, एक पेन्सनको माग पूरा गर्ने पनि बताए । उत्तराखण्डमा पूर्वसैनिकको संख्या उल्लेख्य छ ।
किसानलाई अधिकार दिलाउनेछौं यसैबीच, आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले हरियाणाको रोहतकमा सभालाई सम्बोधन गर्दै भाजपा नेता नरेन्द्र मोदी र कंग्रेस उपाध्यक्ष राहुल गान्धीमाथि जमेर हमला गरे । ‘मैले नरेन्द्र मोदी र राहुल गान्धीलाई जनताको पैसाले हेलिकोप्टर उडाएँ,’ उनले भने ।
उनले आम आदमी पार्टी सत्तामा आए किसानलाई उनीहरूको अधिकार दिलाउने बताए । ‘हामी सरकार चलाउन जान्दैनौं । म उनीहरूलाई हामीले गरेजति काम गरेर देखाउन चुनौती दिन्छु । हामीले गरेजति काम उनीहरूले गरे म राजनीति परित्याग गर्नेछु,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार