शर्माको रिटमा अन्तरिम आदेश अस्वीकार

१२ फाल्गुन २०७०, सोमबार ०६:३५ मा प्रकाशित

काठमाडौं, १२ फागुन । प्रा.डा. शशी शर्माको रिट सनुवाइपछि सर्वोच्च अदालतले रिटमा भनिएबमोजिम ‘अन्तरिम आदेश’ जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश सुशीला कार्कीको एकल इजलाले ‘सुविधा र सन्तुलनको सिद्धान्तका आधारमा वर्तमान डिन डा. राकेश श्रीवास्तवको कामकाज रोक्न नसक्ने’ आदेश सुनाएको हो । यो निर्णयसगै मुद्दाको अन्तिम किनारा नलागेसम्म श्रीवास्तवले नै कामकाज गर्न पाउने भएका छन् ।

उनी नियुक्त भएपछि ‘शिक्षण अस्पतालमा बन्द हडतालजस्ता क्रियाकलाप नभएको र सेवाग्राहीले स्वास्थ्य सेवा पाइरहेको’ भन्दै ‘अन्तरिम आदेश जारी गर्न नमिल्ने’ ठहर अदालतको छ ।

आईओएमका पूर्वडिन प्रा.डा. प्रकाश सायमीले पदबाट दिएको राजीनामा त्रिवि कार्यकारी परिषद्ले स्वीकृत गरी शर्मालाई नियुक्त गरेको थियो । आईओएमकै प्रा.डा. गोविन्द केसीले ‘शर्माको नियुक्ति खारेज गरी वरिष्ठताका आधारमा नया डिन नियुक्ति गर्नुपर्ने’ माग राख्दै अनशन बसेपछि तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको ‘ठाडो निर्देशन’मा परिषद्ले उनलाई बर्खास्त गरेको थियो ।

शर्माको बर्खास्तीपछि रिक्त डिन पदमा सुशील कोइराला प्रधानमन्त्री भएपछि ‘वरिष्ठताका आधारमा नया डिन नियुक्ति गर्न’ परिषद्लाई दिएको निर्देशनअनुसार श्रीवास्तव नियुक्त भएका हुन् ।

उनी डिन नियुक्तलगत्तै शर्माले ‘आफूलाई कानुनविपरीत बर्खास्त गरेको’ भन्दै सर्वोच्चमा ‘श्रीवास्तवको काम काज रोक्न अन्तरिम आदेश र आफूलाई पुनर्वहाली गरिनुपर्ने’ मागसहित रिट दर्ता गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा