दोलखामा अनधिकृत र गुणस्तरहीन पुस्तक बिक्री

११ बैशाख २०६९, सोमबार १७:४७ मा प्रकाशित

दोलखा, ११ बैशाख । दोलखामा पुस्तक व्यवसायीहरुले जिल्ला शिक्षा कार्यालयको निर्देशनको अवज्ञा गर्दै अनधिकृत रुपमा विभिन्न प्रकाशनहरुबाट मुद्रित पुस्तकहरु बिक्री गरिरहेका छन् ।
जिल्ला शिक्षा कार्यालय दोलखाले उनीहरुलाई जनक शिक्षा सामग्री केन्द्रको मात्रै पुस्तक बिक्री गर्न निर्देशन दिएकोमा उनीहरुले विभिन्न प्रकाशनका पुस्तक बिक्री वितरण गरेका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घमार्फत् छुट्टै बिक्री केन्द्र बनाई बिक्री वितरण गरिरहेका छन् । दोलखामा विद्यार्थीलाई समयमै पुस्तक उपलव्ध गराउने र गुणस्तरीय किताब उपलव्ध गराउने भन्दै बिक्री वितरणमा एकाधिकार गरे पनि विभिन्न प्रकाशनका गुणस्तरहीन पुस्तक बिक्री वितरण गरेको गुनासो शिक्षकहरुको छ । पुस्तक लिन आएका जिल्लाका विभिन्न विद्यालयका शिक्षकले गुणस्तरहीन पुस्तक वितरण गरेको बताएका छन् ।
सिम्टे निमावि, पवटीका प्रधानाध्यापक देवीप्रसाद थपलियाले पुस्तकको कागज धेरै कमसल, छपाई अस्पष्ट, मसी लतपल भएको र चित्रहरु अस्पष्ट भएको बताउनुभयो ।
अर्का शिक्षक भगवती मावि लामीडाँडाका वेदप्रसाद खतिवडाले यसपटक विभिन्न प्रकाशनका किताव ल्याएको र ती कितावहरु गुणस्तरहीन भएको बताउनुभयो ।
उहाँले पुस्तक वितरण प्रक्रिया पनि भेद्भावपूर्ण भएको समेत बताउनुभयो । केही विद्यालयहरुमा पुस्तक लगेर पढाइ सुरु हुँदा आफूहरुलाई किताब नदिएको उहाँको गुनासो छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष जितेन्द्र श्रेष्ठले साझाले पर्याप्त पुस्तक दिन नसकेपछि अन्य निजी प्रकाशनले छपाएका पुस्तकहरु ल्याएको स्वीकार गर्नुभयो । निजी प्रकाशनले छपाएका किताबहरु पनि नेपाल सरकारकै मापदण्डअनुसारको भएकोले ती कितावमा पनि उत्तिकै गुणस्तर भएको दावी अध्यक्ष श्रेष्ठले गर्नु भएको छ । महासङ्घले दर्जन बढी मुद्रकका पुस्तकहरु वितरण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध