एक सचिवलाई धेरै गाविसको जिम्मेवारी दिदा सेवाग्राही मार्कामा

११ बैशाख २०६९, सोमबार १७:४५ मा प्रकाशित

म्याग्दी, ११ बैशाख । जिल्लाका ४१ ओटै गाउ विकास समितिहरुमा सचिवहरुको दरबन्दी भएपनि सबै
गाविसमा सचिव नहँुदा अन्य गाविसका सचिवहरुले जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यताले गर्दा सचिवहरुबाट सर्वसाधारणले सहज तरीकाले सेवा लिन नपाएको गुनासो गरेका छन् । द्वन्द्वकालमा सुरक्षाको कारण सदरमुकाम झरेका सचिवहरुले केही समय अगाडि मात्रै सुशासनका लागि भन्दै गाउँमै कार्यालय राखेर सेवा दिन
लागेका थिए । दुर्गम र ग्रामीण भेगमा रहेका सर्वसाधारणले सरकारी सेवा, सुविधा लिनका लागि पाउने गरेको सास्तीलाई मध्यनजर गरी नेपाल सरकारले ल्याएको नीतिअनुरुप गाविस सचिवहरु गाउँ फर्केर सेवा दिन थालेका हुन् । ४१ गाविसमध्ये म्याग्दीमा विभिन्न ६ गाविसमा ३ जना सचिवहरुले जिम्मेवारी सम्हाल्दै
आएका छन् ।
म्याग्दीको पाखापानीमा पात्लेखेतका गाविस सचिब बल बहादुर खत्रीले जिम्मेबारी लिएर दुवै गाविसको काम गर्दै आउनुभएको छ भने शिख र घारमा तारानाथ शर्मा, मराङ र मल्कबाधमा हरि वहादुर वानीयाँले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
यसरी दुई गाविसको काम एक जना सचिवले गर्दा सेवाग्राहीहरूलाई सबै सेवा दिन समस्या भइरहेको सचिवहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको