घर जान नमान्दा अगुल्टो प्रहार/ मजदुरको मृत्यु

११ फाल्गुन २०७०, आईतवार १८:२६ मा प्रकाशित

बागलुङ, ११ फागुन । बागलुङको हुग्दीशिरमा बलिरहेको अगुल्टोले हान्दा एक जना मजदुरको ज्यान भएको छ ।
हुग्दीशिर–४ स्थित शान्ति थापाको घरमा डेरा गरी बस्ने पाल्पा झुठापौवा–९ घर भएका २४ वर्षीय सुमन पुनलाई घरवेटी शान्ति थापाले अगुल्टोले हान्दा ज्यान गएको हो ।
आफ्नो घर जान पुनले राखेको प्रस्तव घरवेटी थापाले अस्वीकार गरेका थिए । लगतै भौतिक आक्रमणमा उत्रेका पुनको प्रतिकार गर्दा फागुन ९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक शैलेन्द्र खड्काले जानकारी दिए ।
मृतक पुनको शव पोष्ट मार्टमका लागि धौलागिरी अंचल अस्पतालमा ल्याइएको छ ।
मृतक पुनका आफन्त सम्पर्कमा नआएकाले शव नगरपालिकको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन