माओवादी वैद्य समूहको इलाममा छुट्टै प्रशिक्षण, प्रशिक्षण जिल्ला कमिटीकै आयोजनामा भएको वैद्य पक्षको दाबी

११ बैशाख २०६९, सोमबार १७:४३ मा प्रकाशित

ईलाम, ११ बैशाख । एकीकृत नेकपा माओवादीको वैद्य समूहले आज इलाम सदरमुकाममा एक दिने छुट्टै प्रशिक्षण गरेको छ । प्रशिक्षणमा माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले पार्टीको राजनीतिक तथा वैचारिकसम्बन्धी प्रशिक्षण दिनुभएको छ । यता एकीकृत नेकपा माओवादी जिल्ला कमिटिको आयोजनामा प्रशिक्षण गरेको भनिएपनि संस्थापन पक्षले भने प्रशिक्षणको विषयमा पार्टीलाई कुनै जानकारी नभएको जनाएको छ । माओवादीका जिल्ला इन्चार्ज तथा संस्थापन पक्षधर मानिएका राम राईका अनुसार पार्टिभित्र लाइन सङ्घर्ष चलिरहेको बेला अहिले पार्टीले कुनै प्रशिक्षणको कार्यक्रम तय नगरेको जनाउँदै छुट्टै विचार समूहको
प्रशिक्षण भएकोले यस विषयमा आफू र जिल्ला पार्टीलाई कुनै जानकारी नभएको बताउनुभयो । यसरी पार्टीलाई जानकारी नै नदिइ गरिएको प्रशिक्षण तथा कुनै पनि कार्यक्रमले पार्टीभित्र अराजकता निम्त्याएको राईको टिप्पणी छ ।
यसैगरी सह इन्चार्ज तथा वैद्य पक्षधर मानिएका कान्छा लावतीले भने प्रशिक्षण कार्यक्रम सिधा जिल्ला कमिटीको आयोजनामा भएको दाबी गर्दै यो कुनै पनि गुटबन्दीको प्रशिक्षण नभएको पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे