बहुजाति र बहुभाषीहरुलाई समेटेर प्रदेश निर्माण गरिने पर्यटन मन्त्रीको भनाइ

११ बैशाख २०६९, सोमबार १७:४२ मा प्रकाशित

बर्दिवास, ११ बैशाख । पर्यटन तथा नागरिक उड्यनमन्त्री एवम एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगरले जातीय आधारमा राज्य पुनर्संरचना गर्न लागेको भनि केही सङ्घीयता नचाहने व्यक्तिहरुले जनता माझ भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रममा नपर्न आग्रह गर्नुगएको छ । आज महोत्तरीको गौरीबासमा आधारशीलाद्वारा नेपाल कम्न्युष्ट पार्टीको ६३ औ वार्षिकोत्सवको अवसरमा आयोजित सहकारी आन्दोलन तथा सामाजिक रुपान्तरण विषयक अन्तत्र्रिmया कार्यक्रममा मन्त्री विष्टले बहुजाति र बहुभाषीहरुलाई समेटेर प्रदेश निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा महोत्तरी जिल्ला क्षेत्र न. १ का सभासद् तथा एनेकपा माओवादी स्थायी समिति सदस्य एवम आधारशीलाका अध्यक्ष गिरिराजमणी पोखरेल, सहकारी विभागका पूर्ण देवकोटा, श्याम श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
आजै मन्त्रि बिष्टले महोत्तरीको बर्दिवासमा रहेको ऐतिहासिक पोखरी तथा रङ्गशाला निर्माणस्थलको समेत निरीक्षण गर्नु भयो । उहाले स्थानीयबासिन्दाले रेलवेको ट्रयाक परिवर्तन गर्न राखेको मागमा सम्बन्धमा चलनचल्तीको क्षतिपूर्ति उपलब्ध नगराइकन ट्रयाक बनाउन नहुने बताउनुभयो ।
स्थायीबासिन्दाले जनकपुर–बर्दिबास जोड्ने रेलबे ट्रयाक परिवर्तन गर्नुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार