यूक्रेनमा बिपक्षीको नियन्त्रण/राष्ट्रपतिलाई हटाईयो

११ फाल्गुन २०७०, आईतवार १२:२४ मा प्रकाशित

मस्को, ११ फागुन । यूक्रेनको संसदले राष्ट्रपति विक्टर यानुकोविच बिरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । महाभियोग पारितसंगै संसदले मे–२५ मा राष्ट्रपति चुनाव गर्ने घोषणा समेत गरेको छ ।
महाभियोग प्रस्ताव पारित हुनु केही समय अघि विक्टर यानुकोविचले पद छाड्ने कुनै योजना नरहेको प्रतिक्रिया दिएका थिए । उनले यूक्रेनको राजधानी कीएफमा भई रहेको प्रदर्शन र घटनाहरुलाई ‘सत्तापल्टाउन’ गरिएको प्रयास भनि टिपप्पण्ी गरेका थिए ।
यूक्रेनको राजधानी कीएफमा विपक्षी दलको नियन्त्रणमा छ । ससदले यानुकोविचले आफ्नो संवैधानिक कार्यसम्पादनमा असक्षमता देखाएको आरोप लगाएको छ ।
यानुकोविच बिरुद्धको महाभियोग अनुमोदन भए पछि केही सांसदहरुले उडठेर फैसलाको स्वागत गरे । उनीहरुले राष्ट्रिय गीत पनि गाएको समाचारमा जनाईएको छ ।
यूक्रेनको संसदले विपक्षी नेता यूलिया टिमोशेंलाई रिहा गर्न आदेश पनि दिएको छ । आदेश दिए पनि टिमोशें रिहा भएकी छन् वा छैनन् स्पट भई सकेको छैन । उनी दुई बर्ष देखि जेलमा थिईन् । अदालतको बिवादास्पद फैसला पछि टिमोशेंलाई जेलमा राखिएको थियो ।
राष्ट्रपतिको कार्यालय सरकारी विरोधी प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । कीएफमा रहेको राष्ट्रपति विक्टर यान्कोविचको कार्यालयमा सुरक्षाको ब्यवस्था नरहेको समाचारमा उल्लेख छ । बीबीसी

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय