फेसबुक प्रयोगकर्ताका लागि दुई नयाँ सेवा

११ फाल्गुन २०७०, आईतवार १०:५७ मा प्रकाशित

न्यूयोर्क, ११ फागुन । विश्वको सबै भन्दा ठूलो सोशल नेटवर्किङ साइट फेसबुकले व्हाट्सएप एण्ड्रोइड फोन प्रयोगकर्ताका लागि दुई नयाँ प्राइवेसी फिचर शुरु गरेको छ ।
हालै फेसबुकले व्हाट्सएप एण्ड्रोइडसंग ठूलो सहमति गरेको छ । नयाँ फिचर पछि ‘लास्ट सीन नोटिफिकेशन’ लुकाउन सकिने छ । यसका साथै आफ्नो प्रोफाइल पिक्चर र स्टाट्सपनि केही साथीहरुसँग लुकाउन सकिने छ । आफ्नो अनुमति विना कसैले हेर्न सक्ने छैनन् ।
यसका लािग व्हाट्सएपको साइटबाट फाइल डाउनलोड गर्नु पर्ने हुन्छ ।
व्हाट्सएपमा ‘लास्ट सीन नोटिफिकेशन’ लुकाउने सुविधा आईफोन प्रयोगकर्तालाई पहिला देखिनै छ । अब एण्ड्रोयड प्रयोगकर्तालाई पनि यो सुविधा दिईएको छ । व्हाट्सएप अपडेटेड भर्सन एंड्रोयड प्रयोगकर्ताहरुले पनि पाउने छन् ।
व्हाट्सएपको नयाँ भर्सन अहिले ‘प्ले स्टोर’मा छैन । यस्तो अवस्थामा व्हाट्सएपको वेबसाइटबाट ‘एपीके’ फाइल डाउनलोड गर्न सकिन्छ । यो एप एण्ड्रोइड दुई दशमलव एक भन्दा माथिको भर्सनलाई डिजाइन गरिएको हो ।
फेसबुक र मोबाइल मैसेजिङ सर्भिस व्हाट्सएपका बीच कडा करार भएको समाचारमा जनाइएको छ । यहि करार अनुसार फेसबुकले १ लाख १८ हजार २ सय ३७ डलरमा व्हाट्सएप किन्न लागेको हो ।
फेसबुकको यो सबै भन्दा ठूलो अधिग्रहण सहमति हो । गूगल, माइक्रोसफ्ट वा एप्पलले पनि यति ठूलो अधिग्रहण गरेका थिएनन् ।
करार पछि तीन दिन भित्रै शनिबार वाट्सएपको सेवामा समस्या भएको छ । यसका प्रयोगकर्ता विश्व भरि ४ सय ५० लाख छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ