एमालेलाई गृह र सञ्चार मन्त्रालय दिने सहमति

११ फाल्गुन २०७०, आईतवार १०:५१ मा प्रकाशित

काठमाडौं, ११ फागुन । कांग्रेस र एमालेबीच मन्त्रिमण्डल विस्तारका लागि सहमति भएको छ ।
राजधानीमा आज (आइतबार) भएको वार्तामा एमालेलाई तत्काल उपप्रधान मन्त्रीसहित गृह र सञ्चारमन्त्रालय दिने सहमति भएको हो । अन्य मन्त्रालय र मन्त्रीका विषयमा छलफल गरी टुङगो लगाईने स्रोतको भनाई छ ।
एमालेले उपाध्यक्ष वामदेव गौतमलाई गृह र उपप्रधान तथा सचिव विष्णु पौडेललाई सूचना तथा सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरेर सरकारमा पठाउने एमालेले निर्णय पनि गरेको छ । पहिलो चरणमा एमालेबाट गौतम र पौडेलले शपथ लिने छन् ।
मन्त्रिमण्डल विस्तारलाई लिएर कांग्रेस र एमालेबीच गृहमन्त्रालयमा बिवाद उत्पन्न भएको थियो । प्रधानमन्त्री सुशील कोइराला लचक भए पछि बिवाद अन्त्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको