बरिष्ट साहित्यकार मोदनाथ प्रश्रित क्यानाडाको टोरोन्टोमा अभिनन्दित

११ फाल्गुन २०७०, आईतवार १०:०२ मा प्रकाशित

टोरोन्टो, क्यानाडा । टोरोन्टो साहित्य समाज र एनआरएन क्यानाडाको संयुक्त आयोजनामा गत आईतबार १६ फरवरीका दिन टोरोन्टोमा एउटा भव्य समारोहका बीच नेपाली साहित्यका महारथी मदन पुरस्कारबाट सुशोभित भूतपूर्व शिक्षा मन्त्री, वरिष्ठ राजनीतिज्ञ, पौराणिक इतिहासका प्रगतिशील व्याख्याता तथा नेपाली संस्कृतिका गहन अनुसन्धानकर्ता डा. मोदनाथ प्रश्रित तथा नेपालमा महिला सशक्तीकरणका एक प्रेरक, साहित्यकार तथा संगीतकर्मी कल्पना पौडेललाई टोरोन्टोवासीका तर्फबाट सम्मान गरिएको थियो । डा. प्रश्रितले नेपाली साहित्यका विविध विधाका दर्जनौं पुस्तकहरुको र्सिजना गरेर नेपाली साहित्यको ढुकुटी भर्ने काममा पुर्याउनु भएको उल्लेखनीय भूमीकाको कदर गर्दै सम्मानसहित अभिनन्दन गरिएको थियो । त्यस्तै कल्पना पौडेलले नेपाली महिलाहरुका लागि प्रेरकका रुपमा रहेर नेपालमा पुरुषले मात्र गर्दै आएको र गर्नु पर्ने थोत्रो मान्यताका विरुद्ध उभिएर खेतमा हलो जोत्ने, घरको छानो छाउने, घरघरमा गएर औषधी बेच्नेबाट लिएर पुरुषको अधिनमा मात्र रहेको काममा महिला सहभागिता गराएर समाजमा महिलाको पहिचान स्थापित गराउनमा उनले खेलेको भूमिका तथा नेपाली साहित्यमा महिला उत्थानका दर्जनौं पुस्तक र गीति क्यासेटहरुका माध्यमबाट महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नु भएकोले वहाँको अतुलनीय योगदानको सम्मान गर्दै अभिनन्दन गरिएको थियो ।

डा. मोदनाथ प्रश्रित प्रमुख अतिथि र कविता पौडेल विशेष अतिथि रहेको कार्यक्रमको सभापतित्व टोरोन्टो साहित्य समाजका अध्यक्ष मुक्ती गौतमले गर्नु भएको थियो । उक्त कार्यक्रमको थालनी एनआरएन क्यानाडाका सचिव विरेन्द्र लम्सालले स्वागत मन्तव्यबाट भएको थियो भने अन्त्य टोरोन्टो साहित्य समाज तथा एनआरएन क्यानाडाका सदस्य डा. तुलसी धरेलको धन्यवाद ज्ञापनबाट भएको थियो । रमेश थापाको कवितामय शैलीमा संचालित कार्यक्रममा एनआरएन क्यानाडाका उपाध्यक्ष रामहरी खड्काले एनआरएन क्यानाडामा रहेका नेपालीहरुको जनगणना गर्ने अभियानमा रहेको जानकारी गराउँदै एनआरएन क्यानाडा सबै स्थानीय संस्थाहरुसँग मिलेर काम गर्दै जाने भन्नु भयो । कार्यक्रममा टोरोन्टो साहित्य समाजका सल्लाहकार गोपीकृष्ण काफ्लेले अभिनन्दित द्वय व्यक्तीत्वको जीवनीमाथि प्रकाश पार्नु भएको थियो भने अर्का सल्लाहकार डा. गोबिन्दसिंह रावतले टोरोन्टो साहित्य समाज २००४ देखि निरन्तर साहित्य कर्म गरीरहेको र नेपाली साहित्यका महारथीहरुलाई सम्मानसहीत अभिनन्दन गर्दै आएको जानकारी गराउदै अभिनन्दित व्यक्तीत्वलाई प्रदान गरिने अभिनन्दन पत्र पढेर सुनाउनु भएको थियो । वहाँले ४० वर्षअघि मोदनाथ प्रश्रितसँगको सम्पर्क र नेपाली नाटकमा अभिनयको थालनी प्रश्रितको पचास रुपियाको तम्सुकबाट भएको स्मरण सुनाउनु भयो ।

उक्त सम्मान कार्यक्रममा विशाल टोरोन्टोका विभिन्न संस्थाका प्रतिनिधिहरु नेवा गुठीका सन्त राजभण्डारी, एनसिसिएसका गोपाल घिमिरे, एनसिएचसिका डा. हरी गुरुङ्ग, एनसिएनसिका डि.आर. रेग्मी, कन्सर्न नेपालका अञ्जनी भट्टराई आदिले अभिनन्दित व्यक्तीत्वलाई शुभकामना दिनु भएका थिए । कार्यक्रममा एनआरएन क्यानाडा, भाषा साहित्य समितिका संयोजक कुसुम ज्ञवालीको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार