एमाले नेता ओली अस्पताल भर्ना

११ फाल्गुन २०७०, आईतवार ०६:३७ मा प्रकाशित

काठमाडौं, ११ फागुन । एमाले संसदीय दलका नेता केपी शर्मा ओली धापासीस्थित ग्रान्डी अस्पताल भर्ना भएका छन् । युरिक एसिड बढेर बाथ रोगले सताएपछि नेता ओली शुक्रबार राति अस्पताल भर्ना भएका हुन् ।

स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका ओलीलाई चिकित्सकले केही दिन आराम गरेर उपचार गर्न सुझाव दिएपछि अस्पताल भर्ना भएका हुन् । युरिक एसिड बढेर हात सुन्निएको निको बनाउन एन्टिबायोटिक क्याप्सुल खाँदै आएका ओलीलाई चिकित्सकले इन्जेक्सनमार्फत औषधि लिँदा छिट्टै पूर्ण स्वास्थ्यलाभ हुने सुझाएका छन् ।

‘बैठकहरूमा सहभागी हुनुपर्दाका धपेडीका कारण निको हुन नसकेको भन्दै चिकित्सकले अस्पतालमा आराम गरेर इन्जेक्सन लिन सुझाव दिएकाले उहाँ भर्ना हुनुभएको हो,’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, ‘स्थास्थ्य अवस्था जटिल छैन, सामान्य नै छ ।’ ओलीलाई डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेका छन् ।

यसैबीच, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र नेतृ सुजाता कोइरालाले शनिबार ओलीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
नेता नेपालले चिकित्सकहरूसँग समेत छुट्टै भेट गरी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज