कांग्रेसले भद्र सहमति उल्लंघन गरेको छ : एमाले

१० फाल्गुन २०७०, शनिबार १७:०८ मा प्रकाशित

काठमाडौं, १० फागुन । एमालेले कांग्रेस गठनका क्रममा सहमति तोडेर धोका दिएको जानकारी आफ्ना केन्द्रीय सदस्यहरुलाई जानकारी दिएको छ ।
पार्टी मुख्यालय बल्खुमा आज (शनिबार) देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उपाधयक्ष बामदेव गौतमले सरकार गठनका क्रममा कांग्रेससंग भएका सहमतिका विषयमा जानकारी गराएका हुन् ।
केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार उपाध्यक्ष गौतमले कांग्रेससंग भएका लिखित र मौखिक सहमतिका बारेमा बैठकमा जानकारी गराएका हुन् ।
उपाध्यक्ष गौतम एमालेका वार्ता टोलीका संयोजक पनि हुन् । उनले कांग्रेसले गृहमन्त्रालय दिने भनेर सहमति गरी धोका दिएको बताए । एमालेले उपाध्यक्ष गौतमको नेतृत्वमा उपप्रधानमन्त्री र गृहमन्त्रालयसहित पठाउने निर्णय गरेको थियो ।
‘कांग्रेसले भद्र सहमतिलाई उल्लंघन गरेको छ,’ गौतमका भनाई उदृत गर्दै केन्द्रीय सदस्य श्रेष्ठले भने ।
श्रेष्ठले निर्वाचनको जनादेशअनुसार एमाले, कांग्रेससंगको सहयोगी नभई साझेदार भएकाले सहमति कार्यान्वयन नभए पार्टीका लागि सरकारमा जान नहुने बताए । उनले एक वर्षभित्र संविधान बनाउने विषय नै प्रमुख प्राथमिकताका साथ बैठकमा छलफल भएको बताए ।
बैठकमा पार्टीको नवौं महाधिवेशन आगामी जेठको पहिलो साता गर्न प्रस्ताव पनि प्रस्तुत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–