छात्रा बिरामी हुन थालेपछि विद्यालयमा होमरुद्री

१० फाल्गुन २०७०, शनिबार १३:१९ मा प्रकाशित

चौतारा, १० फागुन । सिन्धुपाल्चोकको बतासे–६ स्थित दक्षिणकाली माविका छात्राहरू कक्षाकोठामै बेहोस भई छिनमै हास्ने र रुने प्रक्रिया नरोकिएपछि विद्यालयमा होमरुद्री गरी स्वस्ती शान्ति गरिएको छ ।
विगत दुई वर्षदेखि छात्रालाई एउटै समस्याले सताउन थालेपछि अभिभावकको सल्लाहमा शुक्रबार १३ जना व्राह्मणद्वारा होमरुद्री गरी स्वस्ती शान्ति गरिएको शिक्षक सुरेश ढुङ्गानाले बताए ।
विशेष गरी कक्षा ८ र ९ मा अध्ययनरत १४ देखि १८ वर्ष उमेर समूहका छात्रा मध्याह्नका बेला रोगले बेहोस भई कक्षा कोठामै ढल्ने गरेका छन् । कोही दुई/तीन मिनेटसम्म र कोही १५/२० मिनेटसम्म बेहोस हुने गरेका छन् । सो अवधिमा आफूलाई केही थाहा नहुने पीडित छात्राले बताए ।
तामाङ समुदायको अन्त्येष्टि गर्ने स्थानमा विद्यालय भवन निर्माण गरिएकाले भूतप्रेतको आशंकामा फागुन १ गते पनि तीन जना लामाद्वारा विधिअनुसार स्वस्ती शान्ति गरिएको थियो ।
शिक्षक ढुङ्गानाका अनुसार त्यसबाट केही कमी जस्तो देखिए पनि बिरामी हुने क्रम नरोकिएपछि पुन: व्राह्मणहरूद्वारा होमरुद्री गरिएको हो ।
कुनै दिनमा १४/१५ जनासम्मलाई रोगले सताउन थालेपछि अभिभावकले राजधानीस्थित अस्पतालहरूमा समेत लगेका थिए । तर रोग केही नभएकाले मानसिक तनावका कारण त्यस्तो भएको हुन सक्ने चिकित्सकले बताएको पीडितका अभिभावकहरुको भनाई छ ।
विद्यालयमा अध्ययनरत ३ सय ५० विद्यार्थीमध्ये ६५ प्रतिशत छात्रा रहेका विद्यालयले जनाएको छ । बिरामी छात्राका कतिपय अभिभावकले स्थानीय धामीझांक्रीलाई समेत देखाएका छन् भने कतिपयले मासहिस्टेरियाको आशंका गरेका छन् ।
यस किसिमको समस्या विगतका वर्षहरूमा पनि जिल्लाका विभिन्न विद्यालयमा देखा परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका