भूमिकाविहीन बन्दै एमाओवादी

१० फाल्गुन २०७०, शनिबार ०७:०५ मा प्रकाशित

काठमाडौं, १० फागुन । शक्ति सन्तुलनका आधारमा कार्यकारी पदमा भागबन्डा गर्नुपर्ने माग गर्दै आएको एकीकृत नेकपा माओवादी अन्ततः राज्यका कार्यकारी निकायमा भूमिकाविहीन अवस्थामा पुग्ने भएको छ । तेस्रो पार्टीको हैसियतमा संविधानसभा अध्यक्ष दाबी गरेको एमाओवादीले सो पद नपाएपछि बाकी रहेको एउटै पद उपाध्यक्षमा नजाने मनस्थिति बनाएको छ । उपाध्यक्षमा नजाने एमाओवादी मनस्थितिसँगै राज्यको कार्यपालिका तथा व्यवस्थापिकाको कार्यकारी पदमा ऊ भूमिकाविहीन हुने स्थिति देखा परेको हो ।
संविधानसभाको प्रमुख दल कांग्रेस र एमालेले प्रधानमन्त्री चयनदेखि संविधानसभा अध्यक्षसम्मको निर्वाचनका लागि गरेको सातबुँदे सहमतिले आफूहरूविरुद्ध निषेधको बाटो अवलम्बन गरेको भन्दै एमाओवादीले असन्तुष्टि जनाएको छ । विगत संविधानसभामा तेस्रो दललाई सभाध्यक्ष दिइएको अवस्थामा यस पटक नदिएबाट पनि आफूहरूलाई निषेध गरेको उसको बुझाइ छ । ‘हामीविहीन अवस्थामा कांग्रेस–एमालेले पद भागबन्डा गरेर बाँडिसकेपछि अब हामी हारेको मनस्थितिमा उपाध्यक्षमा जादैनौं,’ एमाओवादी केन्द्रीय सदस्य तथा सभासद् राम कार्की भन्छन् ।
एमाओवादीले संविधानसभाको पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमालेले सरकार सञ्चालन गर्नुपर्ने, तेस्रो दलको हैसियतमा आफूहरूले सभाध्यक्ष पाउनुपर्ने जिकिर गरेको थियो । तर, कांग्रेस–एमालेले सरकारको नेतृत्व कांग्रेस, सभाध्यक्ष एमाले र उपाध्यक्ष एमाओवादीलाई दिने गरी भागबन्डा गरेपछि एमाओवादी चिढिएको छ । ‘शान्ति सम्झौताको प्रमुख अंगका रूपमा रहेको हाम्रो पार्टीलाई भूमिकाविहीन बनाउँदै पेलेरै जाने रणनीतिमा कांग्रेस–एमाले छन्,’ कार्कीले भने, ‘जानाजान निषेध गरेर उनीहरू गइसकेको अवस्थामा हामी उपाध्यक्ष पदमा जाँदैनौं ।’ उपाध्यक्षका लागि व्यवस्थापिका संसद्मा १४ फागुनमा निर्वाचन हुँदै छ । संविधानसभाकै चौथो दल राप्रपा नेपालले एमाओवादीले उपाध्यक्षमा रुचि नदेखाए आफूहरूको दाबी हुने जनाइसकेको छ । दुई ठूला दल कांग्रेस र एमाले तथा चौथो दल राप्रपा नेपालले समेत उपाध्यक्षमा एमाओवादीलाई समर्थन गर्ने भनी हरियो बत्ती देखाए पनि उसले चासो नदेखाएको हो । ‘उहाँहरूले उम्मेदवारी दिन्छन्दिँरदैनन् वा हामीलाई समर्थन गर्छन्गरर्दैनन्, यसमा हाम्रो चासो छैन, हामी अपमानित भएर उपाध्यक्षमा जाँदैनौं, यो प्रस्ट छ,’ कार्कीले भने ।
यद्यपि, एमाओवादीले यस विषयमा औपचारिक निर्णय भने लिइसकेको छैन । अध्यक्ष पुष्पकमल दाहाल कतारबाट स्वदेश फर्केपछि मात्रै यस विषयमा औपचारिक निर्णय लिने एमाओवादी नेताहरूले जनाएका छन् । राज्यका प्रमुख निकायमा एमाओवादीको नेतृत्व नरहे पनि उसले संविधानसभाको संवैधानिक समितिको सभापतिको दाबी गरिरहेको छ । तर, अहिले संविधानसभाको नियमावली निर्माण गर्ने क्रममा सो समिति राख्नेरनराख्ने विषयमा अन्योल बढेको छ । समिति नै नराख्ने निर्णयमा लगभग नियमावली मस्यौदा समति पुगिसकेपछि एमाओवादीका लागि सो पद पनि असुरक्षित बनेको छ ।
‘हामीलाई प्रधानमन्त्री चयन प्रक्रियादेखि नै भूमिकाविहीन अवस्थामा पु(याइसकेपछि फेरि संविधान नवन्ने लक्षण देखाएको छ,’ कार्कीले भने, ‘यो सहमतिको राजनीति गर्नुपर्ने बेला गरिएको असहमतिको राजनीतिको दुःखद पक्ष हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले