अमृत भनी थमाई दियौ प्याला मलाई जहरको

१० फाल्गुन २०७०, शनिबार ०६:२३ मा प्रकाशित

 

‘गजल’

अमृत भनी थमाई दियौ प्याला मलाई जहरको
सुन्दर बस्ति छुटाएर वास सार्यौ शहरको

 

थाहा नपाइ डुब्दै रै’छ डाँडामाथि बाट घाम
देखाउँदैथ्यौ मलाई भने सपना सुन्दर प्रहरको

 

मनलाई बुझ्ने कोही छैनन् बिरानो यो वस्तिभित्र
भन्छन् सबै बाँच्दैछु रे जीवन मैले रहरको

 

लेख्दै गर्छु इतिहास तर पढ्ने कसले होला ?
कष्टकार हुँदो रै’छ जिउनु जीवन कहरको

 

दिउँसै ऐठान लाग्न थाल्यो अड्ने ठाउँ नपाउँदा
जिन्दगानी विचल्ली भो समुद्र न नहरको

 

– पदमा लिंखा मगर, 
न्यूयोर्क

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा