पाँच बर्षका लागि संबैधानिक अदातल राख्न दलहरु सहमत

१० बैशाख २०६९, आईतवार २०:५९ मा प्रकाशित

काठमाडौं, १० वैशाख । प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा संबिधान जारी भए पछिको पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत भएका छन् ।
भएका छन् । आइतबार सांझ बसेको प्रमुख राजनीतिक दलहरुको बैठकमा उनीहरु आ–आफ्न अडान छाडेर संबैधानिक अदातलको ब्यवस्था गर्ने सहमतिमा पुगेका हुन् ।

काँग्रेस नेता शेरबहादुर देउवाले संचारकर्मीहरुसंग भने, ‘ प्रमुख राजनीतिक दलहरु पाँच बर्षका लागि संबैधानिक अदालत राख्न सहमत् भएका छन् ,तर संबैधानिक अदालतमा न्यायधीसहरुको पुनर्नियुक्ति भने गरिने छैन ।’ न्यायधीसहरुको पुनर्नियुक्ती तथा संबैधानिक अदालत हुनुपर्ने अडानमा माओवादी र मधेसी दलहरु र दुवै हुन नहुने अडानमा काँग्रेस–एमाले थिए ।

आइतवार दोस्रो पटक संविधानसभा भवन नयाँ बानेश्वरमा भएको शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो । यसअघि आइतवार बिहान बसेको बैठकमा सहमति नजुटेपछि साँझ पुन: बैठक बसेको थियो ।

एमाले अध्यक्ष झलनाथ खनालका अनुसार शीर्ष नेताहरुको आजकै बैठकमा साशकीय स्वरुप र राज्य पुनर्संरचनाका विषयमा पनि सोमबार बिहान बस्ने बैठकले टुङ्गोमा पुर्याउने आन्तरिक सहमति भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको