‘ग्रेट जब माई हजबेण्ड…..धमला पत्नी एलिजा

९ फाल्गुन २०७०, शुक्रबार २३:४७ मा प्रकाशित

काठमाडौं, ९ फागुन । ऋषि धमला नेपालका चर्चित व्यक्ति हुन् । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष धमलालाई सायद नचिन्ने मुलुकमा कोही छैनन् । त्यसमा पनि छिमेकी राष्ट्र भारतमा समेत उनको चर्चा हुने गरेको यदाकदा सुन्ने गरिन्छ ।
काठमाडौंको लैनचौरस्थित अग्लो पर्खालले घेरेको भारतीय राजदूतावास होस् वा भारतीय राजनीतिक दलका नेता । सबैले उनलाई राम्रैसँग चिन्छन् । धमला बिवादमा पनि नआउने भने होइनन् । कहिले भूमिगत सशस्त्र समूह रणवीर सेना, कहिले जागिर लगाई दिन्छु, कहिले सरुवा बढुवा गरिदिन्छु भनेर रकम पचाई दिएको बिवाद आदि ईत्यादिमा उनको नाम नजोडिएका होइनन् । तर उनले कुशलताका साथ त्यस्ता आरोप र विषयलाई पन्छाई दिने गरेका छन् ।
यति भन्दैमा उनको बयान कहाँ सक्किन्छ र ? उनी केही पत्रकारका अन्न दाता समेत हुन् । डूब्न थालेकादेखि नाम चलेका सञ्चारमाध्यमका पत्रकारलाई उनले दैनिक रुपमै पाल्छन् । यो आरोप लाग्ने गरेको छ । क्लवमा बिहान र बेलुका धमलालाई भेट्ने पत्रकारको घुईचो नै हुन्छ । उनी अत्यन्तै व्यस्त भएको नाटक गरेर पत्रकारलाई पालैपालो एकान्तमा लगेर भेट्छन् पनि । उनको क्लवमा पत्रकार मात्रै होइन । जागिर, सोर्सफोर्स, सरुवा बढुवालगायतका काम लिएर जानको पनि कमी हुँदैन । धमलाले सबैलाई सक्दो सहयोग गर्ने गर्छन् । खाली हात कसैलाई पठाउँदैनन् ।
यस्तैमा उनकी पत्नी पनि पतिको काम देखेर खुब दङ्ग छिन् । पति धमलालको कार्य र चर्तिकला देखेर पत्नी एलिजा गौतम धमलामा खुसीको सीमा छैन । उनी गदगद छिन् । पतिको चर्चितकलाबाट रमाएकी एलिजाले आज (शुक्रबार) खुसी साट्न सामाजिक सञ्जाल फेसबुकमा पति धमलाको खुब बायन गरेकी छन् । उनले पतिलाई खुट्टतान्नेहरुको बेवास्ता गरेर अघि बढ्न आग्रह गरेकी छन् ।
‘ग्रेट जब माई हजबेण्ड…..यसरी नै प्रगति…र उन्नतीले तपाईको बाटो…..खोजी रहुन्……कसैले खुट्टा तान्न खोजे नी कहिले पछाडि फर्केर नहेर्नु…..भगवानले सधैं तपाईको साथ दिई रहुन्….र हाम्रो नेपाललाई तपाईहरु जस्तो महान पत्रकार…..देशको लागि सधैं अगाडि बढी रहुनु’ सन्देशमा एलिजाले भनेकी छन् ।
सन्देशमा उनले भारतीय कांग्रेस आईका नेता करण सिंहसँग धमला साथमा हिँडेको तस्विर पनि राखेकी छन् । हुन त आफ्नो पतिको राईदाई पत्नीलाई मन पर्नु कुनै नौलो भने होइन ।
धमला चर्चित व्यक्ति हुन् । उनकी पत्नी एलिजा पनि चर्चित व्यक्ति हुन् । एलिजा मोडल हुन् । पति र पत्नी दुबै सार्वजनिक जीवनमा महत्व राख्ने र सबैले चिनेका सेलिब्रेटी पनि हुन् । सेलिब्रेटीलाई सबैले ध्यान राखेको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।