सरकारमा अधिकतम दल सहभागी गराउँछु : कोइराला

९ फाल्गुन २०७०, शुक्रबार १८:१६ मा प्रकाशित

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित समयमा सार्थक नभए पनि संविधान अनुरुप संविधानसभाभित्र रहेका दलहरुको अधिकतम सहमति र सहभागिताको सरकार बनाउने प्रयास निरन्तर भैरहेको बताएका छन् ।
व्यवस्थापिका संसदमा आज (शुक्रबार) सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा देखिएको वर्तमान अन्यौललाई आपसी संवाद र समझदारीका साथ यथाशीघ्र व्यवस्थापन गरी अगाडि बढ्ने बताए ।
सरकार जनतालाई राज्यले दिनसक्ने सेवा र सुविधा सहज ढंगले जनसमक्ष पुुर्‍याउन अत्यन्त व्यग्र रहेको बताएका कोइरालाले जनतालाई सेवा पुर्‍याउन प्रशासनलाई जनमुखी बनाइने बताए ।
‘सरकारमा सहभागी हुने दलहरुले संविधानसभाको निर्वाचनमा जारी गरेको घोषणापत्रमा आधारित भएर सरकारले आफ्नो साझा प्राथमिकता निर्धारण गर्नेछ,’ उनले भनेका छन्, ‘माघ २७ गते प्रधानमन्त्री पदमा आफ्नो उमेदवारी प्रस्तुत गर्दा व्यवस्थापिका संसदसमक्ष व्यक्त गरेका प्रतिबद्धतालाई दोहोर्‍याउन चाहन्छु ।’
संविधान निर्माणको जिम्मेवारी भने विभिन्न कारणले अघिल्लो संविधानसभाले पूरा गर्न नसकेको बताएका उनले गुरुत्तर दायित्व अहिले आफूहरुको काँधमा आएको बताए ।
‘अब एक बर्षमा संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सम्बन्धमा अघिल्लो संविधानसभाको अनुभव हाम्रालागि सबैभन्दा ठूलो पूँजी हुनेछ,’ प्रधानमन्त्री कोइरालाले भनेका छन् ।
कांग्रेस संसदीय दलका नेता कोइराला प्रधानमन्त्रीमा माघ २७ गते निर्वाचित भएका थिए । प्रधानमन्त्रीमा निर्वाचित भए पछि कोइरालाले पहिलो पटक संसदमा सम्बोधन गरेका हुन् ।
यसैबीच, कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा विभिन्न दलका सभासदले बधाई दिएका छन् । उनीहरुले कार्यकालको सफलताको पनि शुभकामना दिए ।
एमालेका रवीन्द्र अधिकारी, एमाओवादीका जनार्दन शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का जितेन्द्रनारायण देव, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा, तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल, मधेसी जनअधिकार फोरम नेपालका लालबाबु राउत, सदभावना पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा (माले)का सिपी मैनाली, सङ्घीय समाजवादी पार्टीका अशोक राई, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले प्रधानमन्त्री कोइरालालाई शुभकामना दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा