बिचरा माहादेव

९ फाल्गुन २०७०, शुक्रबार १६:०५ मा प्रकाशित

 

घर बाहिर
महादेवलाई देखे पछि
कति हुरुक्क हुन्छन
कति फुरुक्क हुन्छन
तर घर भित्र
श्रीमतीहरु बुरुक्क हुन्छन
के शक्ती रहेछ पार्वतीमा
बिचरा माहादेव थुरुक्क हुन्छन ।

घर बाहिर
महादेवले भने पछि
कति खुरुक्क सुन्छन
कति तुरुरुक्क रुन्छन
तर घर भित्र
श्रीमतीहरु जुरुक्क हुन्छन
के भक्ती रहेछ पार्वतीमा
बिचरा माहादेव लुरुक्क हुन्छन ।

घर बाहिर
महादेवलाई भने पछि
कति डरले पुलुक्क हेर्छन
कति नभनी खुरुक्क टेरछन
तर घर भित्र
श्रीमतीहरु भुलुक्क हुन्छन
के जुक्ती रहेछ पार्वतीमा
बिचरा माहादेव छुलुक्क हुन्छन ।

घर बाहिर
महादेवलाई भेटे पछि
कति मोहित हुन्छन
कति सम्मोहित हुन्छन
कति घायल हुन्छन
तर घर भित्र
श्रीमतीहरु तातो टायल हुन्छन
के युक्ती रहेछ पार्वतीमा
बिचरा माहादेव हायल कायल हुन्छन ।

घर बाहिर

महादेवलाई देखे पछि
कति मुसुक्क हास्छन
कतिले खुसुक्क डाक्छन
तर घर भित्र
श्रीमतीहरु ठुसुक्क हन्छन
के ओखती रहेछ पार्वतीमा
बिचरा माहादेव लुसुक्क हुन्छन ।
– प्रेम वली

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार