सोमबार अर्को रानीतिक ब्रेक थ्रु हुन्छ: माओवादी अध्यक्ष दाहाल

१० बैशाख २०६९, आईतवार १९:०८ मा प्रकाशित

काठमाडौं, १० वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधानका बिवादित बिषयमा राजनीतिक सहमति खोज्ने प्रयास भईरहेको भन्दै सोमबार सम्म निर्धारित तिथिमा संबिधान बनाउने अर्को एतिहासिक रानीतिक ब्रेक थ्रु हुने बताएका छन् ।

संवैधानिक समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष दाहालले बिवादित बिषयमा सहमतिका क्रममा उतारचढाब हुनु सामान्य प्रक्रिया रहेको बताउदै प्रमुख राजनीतिक दलबीच छलफल चलिरहेको र अर्को एतिहासिक राजनैतिक ब्रेक थ्रु हुने दावी गरेका हुन् ।’
बैठकमा दाहालले राजनीतिक नेतृत्वबीच सहमतिका लागि प्रयास जारी रहेको भन्दै समयनै तोकेर सोमबार एक बजे भित्र नेपालको राजनीतिमा एतिहासिक राजनैतिक ब्रेक थ्रु हुने जानकारी गराएका थिए ।

आजै अर्को छुट्टै कार्यक्रममा सेना समायोजन लगायतका विषयमा पार्टीकै उपाध्यक्ष बैद्य समूहको विरोधलाई लक्ष्य गर्दै नेता दाहालले माओवादीकोलडाकु विसर्जन गरेको नभई नेपाली सेनालाई विश्वासमा लिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,