दुई कोरियाली परिवारबीच ऐतिहासिक पुनर्मिलन

९ फाल्गुन २०७०, शुक्रबार ०६:०२ मा प्रकाशित

बीबीसी


प्योङयाङ, ९ फागुन । कोरियाली युद्धमा अलग भएका दुई कोरियाली परिवारबीच पुनर्मिलन भएको छ । दुई कोरियाली परिवारका सदस्यहरूबीच पुनर्मिलनको कार्यक्रमअन्तर्गत बिहीबार दशकौंपछि सयभन्दा बढी दक्षिण कोरियाली वृद्धवद्धा उत्तर कोरिया पुगे ।
उत्तर कोरियाले दुई कोरियाबीचको सम्बन्धमा सुधार आएको बताएपछि सुरु भएको पुनर्मिलन कार्यक्रम आगामी २५ फेब्रुअरीसम्म जारी रहनेछ । दक्षिण कोरिया र अमेरिकाबीच वार्षिक सैन्य अभ्यासको पूर्वसन्ध्यामा पुनर्मिलन भइरहेको छ । सो अभ्यास आगामी सोमबारबाट सुरु हुँदै छ । सिउल र अमेरिकाबीचको वार्षिक सैन्य अभ्यास जारी रहे पुनर्मिलन कार्यक्रम रद्द गरिने चेतावनी यसअघि प्योङयाङले दिएको थियो ।
भावुकताको बाढी
आफ्ना ५८ पारिवारिक सदस्यको सहयोगमा बिहीबार ८० वर्ष उमेर पार गरेका केही दक्षिण कोरियाली वृद्धवृद्धा एउटा बसमार्फत उत्तर कोरिया प्रस्थान गरे ।
तीमध्ये आधा दर्जन मानिस ह्विलचेयरमा बसेका थिए भने दुईजना औषधि बोकेर एम्बुलेन्समा उत्तरको यात्रा गरिरहेका थिए । उनीहरूले आफ्ना साथमा उपहारलगायत लत्ताकपडा, औषधि र आफ्ना छिमेकीका लागि खाद्यन्न लगेका थिए । उनीहरूले आफ्ना उत्तर कोरियाली नातेदारहरूलाई उत्तरको माउन्ट कुमगाङामा आयोजित एक कार्यक्रममा भावुक मुद्रामा भेट गरे । भेटघाट कार्यक्रममा करिब १ सय ८० उत्तर कोरियालीको सहभागिता रहेको समाचारमा जनाइएको छ ।
एउटा तीतो सत्य
भेटघाट कार्यक्रममा सहभागी हुनेमध्येका एक ७९ वर्षीय ली डु योङ हुन् । ‘लामो समयसम्म बेग्लै बस्दाको पीडालाई अभिव्यक्त गर्न निकै गाह्रो भइरहेको छ,’ योङले बीबीसीलाई भने ।
‘तर, यो तीतो यथार्थ हो कि म अति नै खुसी छु । मैले मेरो जीवनमा आफ्नो भाइलाई छुटाएको थिए र अहिले उनलाई फेरि देख्न पाउनेछु । म भोलि नै मरें भने पनि मलाई कुनै पश्चात्ताप हुनेछैन,’ उनले भने । उनले आफ्ना भाइलाई चकलेट, बिस्कुट नयाँ लुगा ल्याइदिएको बताए ।
यस पुनर्मिलनको कार्यक्रम निकै छोटो हुन्छ । आफ्ना सम्बन्धित घरघरमा फर्किनुअघि दुवै पक्षका परिवार केही घन्टा सँगै बसेर आफ्ना दुःखसुख आदानप्रदान गर्छन् । दशकौंपछि एउटै परिवारका सदस्य र नातेदारबीच भेटघाट हुने भएकाले पुनर्मिलन कार्यक्रम निकै संवेदना र भावुकताले भरिएको हुन्छ ।
हरेक पटकमा सय वा त्यस्तैको हाराहारी संख्याका कोरियालीलाई आफ्ना नातेदार भेट गर्न छनोट गरिन्छ । सो कार्यक्रममा सहभागी गर्न दक्षिण कोरियाले भने चिट्ठा प्रणाली लागू गरेको थियो । तर, उत्तर कोरियाली सरकारले भने सो कार्यक्रमलाई निकै अपारदर्शिता देखाएको समाचारमा जनाइएको छ । नातावाद र राजनीतिक पहँचका आधारमा उसले पुनर्मिलनका लागि उत्तर कोरियालीलाई छनोट गरेको आलोचकहरूले बताएका छन् ।
पुनर्मिलन कार्यक्रमअघि दक्षिण कोरियाली सरकारले आफ्ना नागरिकहरूलाई संक्षेपमा एउटा ‘डिस्कोर्स’ दिई राजनीतिक विषयमा छलफल नगर्न सुझाव दिइएको थियो । सन् १९५० देखि १९५३ सम्म कोरियाली प्रायद्वीपमा चलेको युद्धले अधिकांश कोरियालीहरू आफ्ना नातेदारबाट छुट्टिन बाध्य भएका थिए । कोरियाली युद्ध शान्ति वार्ताभन्दा पनि युद्धविराममा समाप्त भएको छ । जसका कारण उत्तर र दक्षिणबीच सञ्चार गर्ने कुनै प्रत्यक्ष माध्यम नभएको बताइन्छ ।
आफ्ना नातेदारसँग पुनर्मिलनका लागि करिब ७२ हजार दक्षिण कोरियाली नागरिक प्रतीक्षाको सूचीमा रहेका छन् । तीमध्ये करिब आधाजति ८० वर्ष नाघिसकेका छन् । कोरियाली युद्धपछि छुट्टिएका एउटै परिवारका सदस्यसमेतलाई एकै ठाउँमा भेला हुन वैधानिक माध्यमका रूपमा पुनर्मिलनलाई लिइएको छ ।
सन् २०१० मा उत्तर कोरियाले दक्षिण कोरियाको सीमा क्षेत्रमा बम वर्षा गरेपछि सो वर्ष हुने भनिएको पुनर्मिलन कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा