राजीवका हत्यारालाई रिहा नगर्न आदेश

९ फाल्गुन २०७०, शुक्रबार ०५:५९ मा प्रकाशित

एजेन्सी


नयाँ दिल्ली, ९ फागुन । भारतको सर्वोच्च अदालतलले पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न व्यक्तिलाई रिहा गर्ने तमिल नाडु सरकारको निर्णय रोक्न आदेश दिएको छ । गान्धीको हत्यामा संलग्न सातजनामध्ये तीनलाई तमिल नाडु सरकारले बुधबार रिहा गर्ने निर्णय गरेको थियो ।
लामो समयदेखि जेलजीवन बिताएका गान्धीका हत्यारामध्ये तीनजनालाई रिहा गर्ने आदेश तमिल नाडुकी मुख्यमन्त्रीले बुधबार दिएकी थिइन् ।
तर, केन्द्र सरकारले मुख्यमन्त्रीको निर्देशनविरुद्ध कानुनी चुनौती दिएको थियो । प्रधानमन्त्री डा. मनमोहन सिंहले सो निर्देशन ‘कानुनी रूपमा अस्वीकार्य’ भएको बताए । सन् १९९१ मा गान्धीको हत्या गरेको अभियोगमा श्रीलंकालको तमिल टाइगरका एक महिला कार्यकर्तासहित सातजना भारतमा बन्दी बनाइएका छन् ।
यसअघि पनि एक अपुष्ट रिपोर्टअनुसार अदालतले सो हत्यामा संलग्न सबैजनाको रिहाइलाई रोक्का गरेको भारतको अनलाइन संस्करण टाइम्स अफ इन्डियाले जनाएको छ । सर्वोच्चले रिहाइ रोक्का गरेका तीन अभियोगीको मृत्युदण्डको सजायलाई यसै साता मात्र आजीवन काराबासको सजायमा रूपान्तरण गरिएको थियो ।
उनीहरू २० वर्षदेखि भारतको एक जेलमा सजाय भोगिरहेका छन् भने सन् १९९८ देखि मृत्युदण्डको चर्चामा रहेका छन् । तमिल नाडु सरकराले उनीहरूलाई रिहाइ गर्दा ‘पक्रियागत त्रुटि’ भएको सर्वोच्चले जनाएको छ । तमिल नाडु सरकारले बिस्तारै अन्य चारजनालाई पनि रिहाइ गर्ने योजना गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए ।
भारतीय कानुनमन्त्री कपिल सिवलले अन्य चारजनालाई पनि रिहाइ गरिए सरकारले अदातलमा मुद्दा दायर गर्ने बताएका थिए ।
भारतीय आत्मामाथिको हमला सन् १९८७ मा श्रीलंकमा भारतले शान्ति सेना परिचालन गरेको भन्दै तमिल कार्यकर्ताले सन् १९९१ मा तत्कालीन प्रधानमन्त्रीको हत्या गरेका थिए ।
हत्या अभियोगमा जेलजीवन बिताइरहेका मुरुगान, सन्थान, पराअरीभलानको मृत्युदण्डको सजायलाई आजीवन काराबासमा रूपान्तरण गर्दा मृत्युदण्डको त्रास देखाएर उनीहरूलाई लामो समयसम्म राख्नु अमानवीय भएको सर्वोच्चले यसै साता जनाएको थियो ।
सर्वोच्चको सो फैसलापछि तमिल नाडु सरकारले सो मुद्दामा संलग्न सबैलाई रिहाइ गर्ने तयारी रहेको थियो । सो निणर्यबारे उसले केन्द्र सरकारबाट तीन दिनभित्र जवाफसमेत माग गरेको थियो । तर, प्रधानमन्त्री सिंहले भने सो निर्णय न्यायको सिद्धान्तविपरीत भएको बताए । ‘गान्धीको हत्या सम्पूर्ण भारतीय नागरिकको आत्ममाथिको हमला हो । भारतका पूर्वप्रधानमन्त्रीको हत्याराको रिहाइ न्यायको सिद्धान्तविरुद्ध हुनेछ,’ सिंहले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट

पेरिस । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा