अब क्षेत्रीय स्तरबाटै श्रम स्वीकृति

९ फाल्गुन २०७०, शुक्रबार ०५:३७ मा प्रकाशित

म्याग्दी, ९ फागुन । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जानेहरूका लागि क्षेत्रीयस्तरबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको जनाएको छ । मन्त्रालयले बिहीबार बेनीमा आयोजना गरेको सुरक्षित आप्रवासनसम्बन्धी चेतनामूलक अन्तक्र्रिया कार्यक्रममा वैदेशिक रोजगारीमा बढ्दो ठगी र झन्झटिलो प्रक्रियाको अन्त्यका लागि श्रम स्वीकृति दिने व्यवस्थालाई सरलीकृत पार्ने तयारी भएको जानकारी दिइएको हो ।
पोखरा, नेपालगन्ज र विराटनगरमा वैदेशिक रोजगार विभागको शाखा कार्यालय स्थापना गरी क्षेत्रीयस्तरबाट वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि पूर्व र अन्तिम श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पुरुषोत्तम पौडेलले जानकारी दिए ।
यसअघि, वैदेशिक रोजगार विभागबाट मात्र श्रम स्वीकृति दिने गरिँदै आएकामा हालै काठमाडौंमा थप चारओटा शाखा स्थापना गरिएको समेत उनले जानकारी दिए । साउदी अरब, मलेसिया, कतार र अन्य देशका लागि छुट्टाछुट्टै चारओटा कार्यालय स्थापना गरी वैदेशिक रोजगारका लागि श्रम स्वीकृति दिन थालिएको छ ।
कार्यक्रममा सहभागी जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख र सञ्चारकर्मीले वैदेशिक रोजगारीमा जानेहरूले धेरै झन्झट बेहोर्नुप™ेको र ठगिने समस्या बढ्दै गएकाले प्रक्रियालाई सरल बनाउन र ठगी नियन्त्रण गर्न जनस्तरसम्म चेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका थिए । वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो र सुरक्षित बनाउँदै त्यसबाट भित्रिने विप्रेषणको उत्पादनशील क्षेत्रमा लगानी गर्न प्राथमिकता दिइनुपर्ने सहभागीहरूको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पुरुषोत्तम पौडेल र अम्बिकाप्रसाद अधिकारीले वैदेशिक रोजगा™सम्बन्धी राष्ट्रिय, नीति, ऐन र वैदेशिक रोजगारको प्रभावलगायत विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको